• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    फुजेल हत्याकाण्डमा जेल परेका छविलाल रिहा, डिल्लीबजारमा बाजागाजासहित भव्य स्वागत

    21.5K
    SHARES

    काठमाडौं । 

    द्वन्द्वकालमा मारिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा असार २४ मा आत्मसमर्पण गरेका छविलाल पौडेलले सोमबार जेलबाट रिहा भएका छन् । असार २४ मा आत्मसमर्पण गरेका छविलाल पौडेलले आइतबार सफाई पाएसँगै सोमबार जेलबाट रिहा भएका छन् ।

    काठमाडौंको डिल्लीबजार कारागारबाट छविलाल पौडेल सोमबार बिहान रिहा भएका हुन् । उनको स्वागतमा पूर्वमाओवादीका कार्यकर्ताले बाजागाजासहित कारागार बाहिर स्वागत गरेका थिए ।

    अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो ।

    आइतबार चितवन जिल्ला अदालतले फुजेल हत्याकाण्ड प्रकरणमा फैसला सुनाएको थियो । अदालतको फैसलामा १२ जनाले सफाइ पाएका छन् । एक जना प्रतिवादी रुद्र आचार्य पक्राउ नपरेका कारण पछि ठहर गर्ने गरी फैसला सुनाएको छ ।

    २०६१ साल जेठ २४ मा गोरखाका कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न गएको बेला हत्या भएको थियो ।

    छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसाद अधिकारीको पनि अनशनका क्रममा निधन भएको छ । आमा गंगामायाले भने केही महिनाअघि मात्र अनशन तोडेकी थिइन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ