• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    काठमाडौं आउने प्लेन जुनसुकै बेला अपहरण पर्नसक्ने सूचना आएपछि..

    17.6K
    SHARES

    काठमाडौं ।

    काठमाडौं उडान भर्ने विमानहरु जुनसुकै वेला अपहरणमा पर्नसक्ने सूचना प्राप्त भएपछि विमानको सुरक्षामा कडाई गरिएको छ ।

    विशेषगरी भारत र अफगानिस्तानले विमान सुरक्षाका लागि विशेष सुरक्षाकर्मीहरु खटाएका छन् । सुरक्षाकर्मी तथा विमान एजेन्सीहरुलाई खुफिया एजेन्सीले त्यस अपहरणको सूचना दिएको छ ।

    सूचनापछि भारत र अफगानिस्तानले नेपाल आउने जहाजहरुमा तैनाथ गरिँदै आएको सेनाको संख्यामा बृद्धि गरेको छ । उनीहरुलाई समान्य कपडामा प्लेनभित्र यात्रुको सुरक्षाका लागि खटाइएको छ ।

    विमानभित्र खटिएका विशेष सुरक्षाकर्मीहरुको पहिचानलाई गोप्य राखिएको छ । मुख्यगरी काबुलदेखि काठमाण्डु उडान भर्ने विमानहरुमा धेरै सुरक्षाकर्मीहरु खटाइएको ‘हिन्दुस्तान टाइम्स’ले जनाएको छ ।

    सन् १९९९ मा पाकिस्तानका आतंककारी समुह ‘हरकात उल मुजाहिदिन’ले दिल्लीदेखि काठमाण्डुका लागि उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण गरेपछि भारतले विशेष सुरक्षादललाई विमानमा खटाउन थालेको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ