News Portal

  • गृहमन्त्री वादललाई हटाउ सकिन्छ ठुलो कुरा हैन, त्यो अधिकार प्रधानमन्त्रीसँग छ : योगेश भट्टराई

    १०२ पटक

    काठमाडौं ।

    केपी शर्मा ओली नेतृत्वमा सरकार बनेको करिब ७ महिना बढी भइसकेको अबस्थामा ओली सरकारले खासै सोचे जस्तो प्रगती गर्न नसकेको जन गुनासो आइरहेका बेला सरकारको काम कारबाही, सरकारले लिने रणनीति र तत्कालिन राजनीतिक अबस्थाका बारेमा सत्तारुट दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईसँग सहकर्मी बाबुराम भुसालले गरेको संक्षिप्त कुराकानी ।

    अहिले देशमा शक्तिशाली दुई  तिहाईको सरकार छ । करिब सात महिना बितिसक्यो तर जनताले अहिले आएर ‘हात्ती आयो हात्ती आयो फुस्स ‘भन्न थालेका छन् । सरकारको काम कारबाहीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कसरी मुल्याङ्कन गरेको छ ?

    पहिलो कुरा त तपाईले पृष्ठ भूमिमा जसरी प्रश्नका चाँङ उठाउनु भयो, सरकारले सबै कुरा ५ महिनामा सबै काम गर्न सक्ने भन्ने होईन, छ महिनामै सबै भ्रष्टाचारको अन्त्य हुन्छ भन्ने पनि होईन । सबै विकास निर्माणका काम भइसक्ने भन्ने पनि होईन । तर सरकारले वजेट मार्फत् अब कसरी अगाडि बढ्ने भनेर केही नीति तथा कार्यक्रम ल्याएर हामी कता जाँदै छौ भन्ने कोशिस गरेका छौ । विगतमा जसरी सरकार नौ महिनामा ढल्ने, एक बर्षमा ढल्ने गर्दथ्यो तर आज हामीले ५ बर्षको म्याण्डेड प्राप्त सरकार पाएका छौ । हामी नयाँ अभ्यासमा छौ ।

    किनकी हामी  संघीयता प्रणालीको अभ्यास गरिरहेका छौ । स्थानीय तहहरु छन् । यसरी प्रदेश तथा स्थानीय सरकार आफैमा स्वतन्त्र छन् । अहिले कतिपय मानिसहरुले के पनि भन्न थाले भने कुनै गाँउपालिकाले कर बढायो भने प्रधानमन्त्रीले भन्नु पर्यो । तर सबै सरकारहरु स्वतन्त्र भएकाले प्रधानमन्त्रीले निर्देशन दिन सक्नु हुन्न । मात्र सल्लाह दिन सक्नुहुन्छ । तपाई हामीले सुन्यौ पनि प्रदेशका मुख्य मन्त्रीहरुले केन्द्र हामीलाई अधिकार दिएन भनेर पनि भन्नु भयो ।

    मलाई लाग्छ हामी नयाँ अभ्यासमा भएका कारण अझै यस्तो समस्या हुन सक्छ । किनभने हामी पहिले देखि नै एउटा बुझाईले अभ्यस्त भइसकेका छौ । हिजोको हाम्रो असन्तुलित वैदेशिक नीति आज सन्तुलित बनाई सक्योै । हिजो हामी भारतमा मात्रै निर्भर थियौँ, आज चीनबाट पनि हामीले आयात गर्न सक्ने भएका छौ । हाम्रो पँहुच अब समुद्रसम्म पुग्ने भएको छ । नाकाबन्दीजस्ता समस्या भोग्यौ । अब त्यसको अन्त्य भएको छ ।

    वि. स. २०५१ सालमा तात्कालीन एमालेको ९ महिने अल्पमतको सरकारले गरेको कामको तुलनामा अहिलेको दुई तिहाईको सरकारले काम गर्न नसकेको त हो नि ?

    तपाईले भनेको कुरा ठिक हो तर हाम्रो लक्ष्य नौ महिना मात्रै होईन । सरकारसँग ५ बर्षको म्याण्डेट छ । त्यो परिणाम आउन एक दुई बर्ष लाग्छ । हामीले अर्थतन्त्रलाई सुधार गर्ने प्रयत्न गरिरहेका छौ । हिजो मनोमानी ढंगले व्यवसाय गरेका हरुलाई , मानोमानीढंगले लुटपाट गरेका ठेकेदारहरु र सिण्डिकेटधारीहरुले आज मानोमानी गर्न पाएका छैनन् । त्यसको प्रतिक्रिया स्वरुप उनीहरुलाई छटपटाहट भएको छ । हामीले सबै कुरालाई ब्यवस्थित गर्न खोजेका छौ । भसोजसम्म संघीय संसदले धेरै कानुन पास गरिसक्नुपर्ने छ ।

    केही गुनासाहरु जनस्तर र मिडियाबाट आएका छन् । पार्टी अध्यक्षले पनि आज केही पुरक बजेट ल्याएर भएपनि जनताका मागहरु पुरा गर्छौ भन्नु भएको छ । अध्यक्षले सरकारको कामलाई चुस्त दुरुस्त बनाउन मन्त्री मण्डललाई बिस्तार गर्ने भनिरहनु भएको छ। हामीले बिभिन्न प्रयत्न गरिरहेका छौ ।

    तपाईले कन्फिडेन्सका साथ सरकार पुर्नगठन हुन्छ  भन्नु भयो । पछिल्लो दिनमा गृहमन्त्री बादललाई हटाउने भन्ने कुरा सुनिएको छ के यो साँचो हो  ?

    मैले व्याक्तिको कुरा गर्दिन, किनभने कुनै मन्त्रीले काम गर्न नसकेमा आफ्नो विवेकले फेरबदल गर्न सक्ने अधिकार प्रधानमन्त्रीलाई छ । पहिले मन्त्रीमण्डल गठन गर्दा पनि कसैलाई सोध्नु भएको हैन । आफ्नै विवेकले गर्नु भएको हो, मैले यो बिषयमा किन बोल्नु ? कुनै मन्त्रीले राम्रोसँग काम गर्न नसकेपछि त्यसको सबै जवाफदेहिता प्रधानमन्त्रीले लिनुपर्छ, यो उच्च स्तरको कुरा हो  ।

    तपाईले भन्नुभयो त्यो पार्टीको माथिल्लो स्तरको कुरा हो तर तपाईकै पार्टीका नेता घनश्याम भुसालले कुनै व्याक्तिलाई चाहँदा नियुक्त गर्ने नचाँहदा मिल्काउने संस्कार ठिक होईन भनिरहनु भएको छ नि ?

    हो त्यो कुरा ठिक हो । सबै व्याक्ति आफ्नो लामो समय लगाएर आएका छन् । अघि तपाईले भन्नु भयो नौ महिने सरकार ।  त्यो बला सरकारमा जानलाई पार्टीभित्र प्रशस्त छलफल गरिन्थ्यो । केन्द्रीय समितिको बैठकको निर्णय पछि गरिन्थ्यो तर अहिले त्यो भएको छैन । पार्टी विधिमा चल्ने हो । हामीले प्रधानमन्त्रीलाई स्थायी समितिको बैठक बोलाऔं  भनेका छौं । प्रधानमन्त्रीले पनि मिलाउँछु भन्नु भएको छ । यो कुरालाई सुधार्छौ ।

    तपाईले शुरुमै गम्भीर कुरा उठाउनु भयो । संघीय सरकार, स्थानीय सरकारले गरेका काममा केन्द्र सरकारले रेगुलेट गर्न सक्दैन भन्नु भयो तर संघीय सरकारको जनताप्रतिको जवाफदेही छैन भन्ने हो ?

    हामीले त्यस्तै संबिधान निर्माण गरेका छौँ । कित हामीले संबिधान बनाउने बेलामै सोच्नु पर्दथ्यो । हिजो गाउँ विकास समितिले आफैले कर उठाउन पाँउँदैनथ्यो आज उलाई अधिकार छ । अस्वभाविक रुपमा कर उठाएको छ भने त्यसलाई व्यवस्थि गरेर उठाउनु पर्दछ । जो सुक्कै सरकार पनि करबाट नै चलेको हुन्छ । जनताले कर तिर्ने बानी बसाल्नु पर्छ ।

    तर संघीय संसदलाई त्यो रेगुलेट गर्ने अधिकार छ । वित्तिय आयोग गठन गरेर यतिसम्म कर लेउ भन्न मिल्छ । यतिसम्म कर लिन पाउँछौ यतिसम्म लिन पाँउदैनौ भनेर निर्देशन गर्ने अधिकार केन्द्रमा छ त ?

    छ । अहिले पनि वित्तिय आयोग छ । त्यसकै आधारमा अहिले स्थानीय निकायले काम गरिरहेका छन । संबिधानमै स्थानीय तथा प्रदेश सरकारको काम कर्तब्य र अधिकारहरु उल्लेख छ ।

    यसको मतलब संत्रिधानमै त्रुटि छ भन्न खोज्नु भएको ?

    होईन अहिले नै त्यो बेला भएको छैन । हामी नयाँ अभ्यासमै छौ । यो केही समय हेरौँ । अहिलेका स्थानीय निकायको आउटपुट के हुन्छ । पछि त्यस्तो समस्या नै आएछ भने अन्य बिपक्षी दलसँग पनि सल्लाह गर्नुपर्छ ।

    तपाईले अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्यौं भन्नु भयो । वि. सं २०७२ सालमा भारतले नाकाबन्दी गर्दा त्यसको बिरुद्धमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली उभिए । राष्ट्रवादी रुपमा चिनिए पनि । पछिल्लो दिन अहिले ओली जी नै भारततर्फ बढी झुकाव राख्न थाले भनिन्छ नि ?

    हामीले सबै छिमेकीसँग समान सम्बन्ध राख्ने हो । त्यो भारत र चीनसँग पनि। हिजोको भारतको नेपाललाई हेर्ने दृष्टिकोण  जुन थियो त्योआज बदलिएको छ । चीनले पनि आज नेपाललाई ठूलो लगानीको क्षेत्रको रुपमा हेर्न थालेको छ । त्यसकारण हामी अहस्तक्षेप, पञ्चशीलको सिद्धान्तमा विश्वास गर्छौं, त्यसकारण कुनै देशसँग नजिक वा टाढा भन्ने  नै हुँदैन ।

    सरकारले यातायात क्षेत्रको सिण्डिकेट तोड्न सकेन, सुनकाण्ड हरायो भन्ने जनगुनासा आउन थालेका छन् नि ?

    मैले भने सबै कुरा एकै पटक पनि सम्भव हुँदैन । हिजोका जुन यातायात समिति थिए, अब ति कम्पनीमा आउनु पर्दछ । जहाँसम्म सरकारबाट जनताले अपेक्षा गरेको कुरा छ, त्यो हिसाबले सरकार सुस्त देखियो तर यो सरकार गलत बाटोमा जान खोजेको छैन । ठिक बाटोमा छ ।

    तपाईहरुले समाजवादमा जाने भन्नु भएको छ । तर नीजि संस्थाहरुलाई जोड दिईरहनु भएको छ,  त्यसका निम्ती खेल्ने अर्को तप्का त छँदै छ । यसलाई तपाईहरुले कसरी क्रस गर्नु हुन्छ ?

    आजको समाजवादी अभ्यास भनेको हिजोको जस्तो फोटोकपी हुँदैन । त्यो हामीले संबिधानमा पनि उल्लेख गरेका छौँ । हामीले समाजवादका लागि तीन खम्बे अर्थनीति भनेका छौं । त्यो भनेको क्रमश नीजि क्षेत्र, सरकारी लगानी र सहकारी । अर्को कुरा शिक्षा , स्वास्थ्य जस्ता अतिआवश्यक क्षेत्रमा सरकारी लगनी बढाउँदै समाजवादको आधार तयार गर्ने र अन्य क्षेत्रमा प्रतिस्पर्दात्मक पुँजीमा जोड दिने । हिजो जस्तो बहुराष्ट्रिय निगमहरुलाई मनोमानीढंगले लुट्न दिन्नौ । अब त्यो कानुनको दायरामा बसेर सञ्चालन गर्न पाईने छ । हामी समाजवादको चरणमा पुगेका छैनौ । यो दशकौँ लाग्न सक्छ । त्यसको लागि राष्ट्रिय पूँजीको विकास गर्ने बाटोमा जाने छौँ ।

    पछिल्लो दिनमा सरकार आफैले संत्रिधानको उल्लङ्घन गर्ने गरेको भन्ने आवाज बाहिर आउन थालेको छ । । सर्वोच्च अदालतले गरेको निर्णयलाई सरकारले निरन्तर बेवास्ता गर्दै विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डलाई सर्वोच्च अदालत परिसरबाटै गिफ्तार गदै आएको छ । उता विप्लव जीहरुको पनि त्यस्तै खालको विज्ञप्ति आउने गरेको छ । यसले गर्दा त फेरी मुलुक कही द्धन्द्धमा जाने त होईन भन्ने आशंका पैदा भएको छ , यो बिषयमा तपाईको धारणा के हो ?

    अब फेरी द्धन्द्धमा जानु पर्ने आवश्यकता त म देख्दिन । कुनै पनि राजनीतिक दललाई शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने, निर्वाचनमा भाग लिन पाउने अधिकार संविधानले नै दिएको छ । म कमरेड विप्लवलगायतका कमरेडहरुसँग आग्रह गर्न चाहन्छु, उहाँहरुले आफ्ना माग राख्न सक्नु हुन्छ । अब पनि किन जनतालाई दिग्भ्रमित गर्नु पर्यो ? उहाका मागहरु के के हुन्  ? त्यो राख्न नसक्ने आवस्था त छैन ।

    तर कतिपय साम्प्रदायिकता बोकेका र देश नै टुक्र्याउने अभिव्यक्ति दिएका सीके राउतहरुसँग सरकारले त्यही किसिमको व्यवाहार गर्छ, सरकारले गर्ने व्यवाहार फरक हुन्छ । तर विप्लव कमरेडसँग वार्ता गर्न सरकारले वार्ता कमिटी नै गठन गरेको छ । त्यसले निकास ल्याउने कुरामा विश्वस्त छुँ । जँहासम्म सरकारले आफ्नो काम गरेको छ । सर्वोच्च अदालतले आफ्नो काम गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    दशैंको दिन ट्याक्सीले मिटरमा हिड्न नमाने तत्काल यो नम्बरमा फोन गर्नुहोस् !

    काठमाडौँ । सरकारले विजयादशमीको बिदाको समयमा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न निर्देशन दिएको छ...

    कमरेड ! हामी कसरी अयोग्य ? उत्तर चाहिन्छ

    राजन थापा ‘सुवास’ धादिङ राजधानी काठमाडौँसँगै जोडिएको छ । भौगोलिक रुपमा राजधानीबाट नजिक भएपनि राज्यबाट...

    आज महानवमीः सिद्धिदात्री देवीको पूजा गर्ने दिन

    काठमाडौं । आज नवरात्रीको अन्तिम दिन हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपलाई नवरात्रभर...

    सिके राउत र विप्लवलाई समर्थन गर्ने न्यायालयकाे समीक्षा हुनुपर्छ: महेश बस्नेत

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा महेश बस्नेतले वर्तमान सरकारकाे अालाेचना गर्न...

    वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरमा घुइँचो, एक लाख भक्तजनले दर्शन गर्ने अनुमान

    काठमाडौं ।  हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहीबार बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ। तेह्रौं...