• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    भ्रमण समय छोट्याएर प्रचण्ड किन गए भारत ?

    14.1K
    SHARES

    काठमाडौँ । 

    नेकपा कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समय छोट्याएर तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।

    भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै भारतका उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आफ्नो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको मोदीको लगातारको नेपाल भ्रमणका भएका सहमति कार्यान्वयनको सुदृढ वातावरण बनाउनु भएको बताएका छन् ।

    विकासको एजेण्डा र पहिले भएका सहमति र समझदारी, भारत सरकारले गरेका थुप्रै प्रतिवद्धताहरुलाई स्मरण गराउने विचार गरेको प्रचण्डले भारत उड्नुअघि सञ्चारकर्मीसँग भने । ‘चाहे संसदमा भारतका प्रधानमन्त्रीले बोल्दा भनिएका हुन्, चाहे भूकम्पको सन्दर्भमा नेपालमा गर्ने सहयोग होस्, यी सबै विषय स्मरण गराउनेछु’, प्रचण्डले भने ।

    पछिल्लो पटक दुई देशका प्रधानमन्त्रीबीच भएका सहमति कार्यान्वयनबारे पनि कुराकानी गर्ने उनले बताए ।

    दाहालले भारत भ्रमण सकेर फर्केको केही दिनमै चीन जाने तयारी रहेका छन् । तर, त्यो भन्दा अघि पार्टी एकताको कामलाई पूर्णता दिइने छ । प्रचण्ड भारतबाट फर्कने बित्तिकै नेकपाको सचिवालय र स्थायी समिति बैठकमा सक्रिय हुनेछन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ