• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    काठमाडौंमै यस्तो: भित्रबाट बन्द गरिएको कारमा युवकको शव भेटियो, हत्या की आत्महत्या ?

    22K
    SHARES

    काठमाडौं ।

    काठमाडौंको स्वयम्भूमा भित्रबाट बन्द गरिएको कारमा एक जना युवकको शव भेटिएको छ । मकवानपुरको मार्खु–७ घर भइ नैकाप बस्दै आएका २६ वर्षीय श्यामकुमार श्रेष्ठको शव भेटिएको हो ।

    विगत तीन दिनदेखि स्वयम्भू हाइटमा सडक छेऊ पार्किङ गरी राखेको कारबाट गन्ध आएपछि शुक्रबार बिहान प्रहरीको क्यूआरटी टोलीले टर्च बालेर हेरेको थियो ।

    ‘क्यूआरटी टोलीले टर्च बालेर हेर्दा एक जना सुतिरहेको जस्तो देखियो’, महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले भने, ‘त्यसपछि साेधीखाेजी र खोजतलास गर्दा युवक मृत भेटिएका हुन् ।’

    अनुसन्धानमा संलग्न अधिकारी श्रेष्ठको शव कारको पछाडि पट्टीको सिटमा घोप्टे परेको अवस्थामा भेटिएको बताउँछन् । जहाँ उनले बान्ता पनि गरेका छन् ।

    उनको शरीरमा चोटपटक देखिएको छैन भने कारको चाबी र घडी अगाडिको सिटमा राखेको भेटिएको छ । प्रारम्भिक रिपोर्टले उनको हत्या भएको संकेत नगरे पनि वास्तविकता भने शवको पोष्टमार्टम रिपोर्ट आएपछि नै खुल्नेछ

    मृतक श्रेष्ठ शेयर कारोबारी भएको खुलेको महाशाखाका एक अधिकारी बताउँछन् । उनले सानै उमेरमा उल्लेख्य आम्दानी गरेका थिए । तर, पछिल्लो समय उनको कारोबार आरालो लाग्ने क्रममा थियो । प्रारम्भिक रिपोर्टले उनको हत्या भएको संकेत नगरे पनि वास्तविकता भने शवको पोष्टमार्टम रिपोर्ट आएपछि नै खुल्नेछ ।

    २०७५ भदौ २१ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ