• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    निर्मला हत्या काण्ड : डेढ महिनापछि एसपीका छोरा र मेयरका भतिजाले प्रहरीसँग दिए बयान

    14.1K
    SHARES

    काठमाडौं । 

    कञ्चपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डै डेढ महिनापछि प्रहरीले हत्या प्रकरणमा शंका गरिएका दुई जनाको बयान लिएको छ ।

    तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आशुषसँग प्रहरीले बयान लिएको हो ।

    प्रहरी स्रोतका अनुसार उनीहरुसँग प्रहरीले सोमबार र मंगलबार गरी दुई पटक बयान लिएको थियो । स्थानीयले उनीहरुमाथि आशंका गरेको सार्वजनिक भएपछि सोधपुछ गरिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले पुष्टि गरे ।

    उनका अनुसार दुई जनाको बयान लिइए पनि अहिलेसम्म उनीहरुको संलग्नता खुलेको छैन । ‘हामीले सोधपुछ त गर्यौं तर, उनीहरुको घटनामा नेक्सस भेट्टाउन सकिएन’ कडायतले भने, ‘अहिलेसम्म उनीहरुको संलग्नता खुलेको छैन ।’

    एसपीका छोरा किरण काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए । पन्तको हत्या भएको दिन उनको जन्मदिन थियो । त्यो दिन आफू साथीहरुसँग कञ्चनपुरमा जन्म दिन मनाइरहेको उनले दाबी गर्दै आएका छन् । मेयरका भतिजा आयुष कञ्चनपुरकै ब्रिष्टन कलेजमा बीबीए अध्ययरत् छन् ।

    उनीहरु रोशनी बमको घर, जहाँ गएकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो, आउने जाने गरेको भन्दै स्थानीयले दुबैलाई छानविनको दायरामा ल्याउन माग गर्दै आएका थिए । तर, प्रहरीको तत्कालीन नेतृत्वले सुनुवाई नै नगरेको स्थानीयको अारोप छ ।

    तर,  दुबैसँग प्रहरीले सोधपुछ गरेको हो ।

    प्रतिक्रिया