• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    कपिलवस्तुमा बोल्न नसक्ने ७ महिने गर्भवती महिलाको सामुहिक बलात्कार, यी हुन अभियुक्तहरु

    16K
    SHARES

    कपिलवस्तु । 

    देशमा ओली-प्रचण्ड सरकारको दण्डहीनता बढेपछि बलात्कारका घटनाहरु ह्वात्तै बढेका छन् । निर्मला पन्तका बलात्कारी र हत्यारा पत्ता नलाग्दै, कंचनपुरको बेलडाँडी अर्की युवती बलात्कृत भइन । लगत्तै पोखरामा बलात्कापछि एक १३ बर्षिय बालिकाको हत्या भयो भने त्यसको ठिक एक १ हप्ता नबित्दै काठमाडौं २ वटा बलात्कारका घटना घटे ।

    यो १ महिनामा देशभर ८ वटा बलात्कारका बर्बर घटना बाहिर आएका छन् तर बलात्कारीहरु खुलेआम घुमिरहेका छन् । उनीहरुलाई पक्राउ गरेर कानुनी कठघरामा उभ्याउन सरकार असफल छ । ४ दिनअघि कैलालीमा एउटा किशोरी बलात्कार भएको घटना आम जनताको मानसपटलमा ताजै रहिरहँदा कपिलवस्तुमा अर्को गर्भवती महिलामाथि सामूहिक बलात्कार भएको छ ।

    जिल्लाको विजयनगर गाउँपालिका-७ परसोहियामा ७ महिनाकी गर्भवती महिलाको बलात्कार भएको छ ।  विजयनगर गाउँपालिका ७, परसौयाकी ३८ वर्षीया बोल्न नसक्ने ७ महिनाको गर्भवती महिलाको बलात्कार भएको हो ।

    घटनामा संलग्न भएको अभियोगमा तीन जना पक्राउ परेका छन् । यही १२ भदौ राति आफू घर नभएको समयमा स्थानीय तीन जनाको समूहले बलात्कार गरेको भन्दै पीडितका श्रीमानले बुधबार प्रहरीमा किटानी जाहेरी दिएका थिए । ४० वर्षीय प्रह्लाद केवट र ४२ वर्षकी वर्षाती केवटको सहयोगमा २८ वर्षीय बकन्चु केवटले बलात्कार गरेको जाहेरीमा उल्लेख थियो ।

    इलाका प्रहरी कार्यलय गणेशपुरमा प्रहरी निरिक्षक नविन पौडेलको टोलीले वर्षाती केवटलाई बुधबार नै पक्राउ गरेको छ भने प्रह्लाद बिहिबार पक्राउ परेका छन् ।

    मुख्य आरोपी बकन्चु केवट भने फरार भएका थिए । उनलाई आइतबार मात्र कपिलवस्तु कृष्णनगर नगरपालिका २ यात्रुगेटमा लुकेर बसको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पीडित महिलाको बहादुरगञ्जस्थित शवराज अस्पतालमा उपचार गरिएको र उनको अवस्था सामान्य छ । अभियुक्तहरूलार्इ ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको प्रहरीले जनाएको छ ।

    पछिल्लोसमय देशमा बलात्कार घटनाहरु निरन्तररुपमा बढिरहेको भए पनि सरकार भने यसप्रति गम्भीर नबनेको पिडितहरुको बुझाई छ । बलात्कार जस्तो जघन्य अपराधमा संग्लनहरु सत्ता र राजनीतिक पावरमा उन्मुक्ति पाउन थालेपछि जनताहरु ओली-प्रचण्ड सरकारप्रति रुष्ट बन्दै गएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ