मोरङ ।
विराटनगर महानगरपालिकामा बम विष्फोटन गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
महानगरपालिकाको कार्यालष्यमा बम विष्फोट गराएको भन्दै मोरङ प्ररीले भूमिगत रहेको तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का तीन कार्यकर्तालाई पक्राउ गरेको छ । आइतवार उनीहरु पक्राउ परेसँगै घटनामा तराई मुक्ति मोर्चा (क्रान्तिकारी) संलग्ता रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मोरङले दावी गरेको छ ।
दुई साताअघि महानगरपालिकाको दोश्रो तल्लाको मेयरको कार्यकक्ष नजिकै बम विष्फोट भएको थियो । प्रदेश १ र प्रदेश २ प्रहरी कार्यालयको सहयोगमा सिरहाको लक्ष्मीपुरपतार गाउँपालिका-३ हरिनगर, नयाँ टोलका २० वर्षीय अभिमनु गिरी, मोरङ्गको जहदा गाउँपालिका-२ का हरिनगराका ५३ वर्षीय मनोजकुमार सिंह र सिराहाको सुखिपुर नगरपालिका-५ का २४ वर्षीइ राम रिझन यादवलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।
प्रहरी उपरीक्षक मनोज केशीले भूमिगत समूहको योजना अनुरुप बिभिन्न महत्वपूर्ण स्थान तथा कार्यालयहरुमा बम बिष्फोट गराई सर्बसाधारणलाई आतंकित बनाउने उद्देश्यले पार्टीको कार्यक्रम अनुसार महनागरमा बम बिष्फोटन गराइएको बताए ।
प्रहरीले जिल्ला अदालत मोरङबाट बिस्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्धासमेत दर्ता गरी थप अनुसन्धान गरीरहेको मोरङ प्रहरीले जनाएको छ ।
गएको २७ साउनमा अपराहन्ह बिराटनगर महानगरपालिका ७ स्थितमा रहेको महानगरपालिकाको कार्यालयको परिसर भित्र भएको मेयरको कार्यकक्ष बाहिर पट्टकिो प्यासेजमा राखिएको सोफा मुनि बम बिष्फोटन गराएको थियो । भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) घटनाको जिम्मेवारी लिएर आफ्नो योजनामा भएको बताएको थियो ।
प्रतिक्रिया