• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    कैलालीमै यस्तो: हजुरबुबा बाख्राको खोरमा निदाए, साथीका बाबुले गरे नातिनीको बलात्कार

    19.4K
    SHARES

    काठमाडौं ।

    कञ्चनपुरकी निर्मला पन्ताको बलात्कारपछि हत्यो भएको विषय सेलाउन नपाउँदै कैलालीमा अर्की बालिका बलात्कृत भएकी छन् । उनलाई छिमेकीसमेत रहेका आफ्ना साथीका बाबुले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    कैलालीको घोडाघोडी नगरपालिका ६ की १४ वर्षिया बालिका आफ्नै सहपाठीका बुवाबाट बलात्कृत भएकी हुन् । बलात्कारको आरोप लागेका ३३ वर्षका हर्कबहादुर कुँवर फरार रहेको प्रहरीले जनाएको छ ।

    भदौ १३ गते राति घरमा कोही नभएको मौका छोपेर छिमेकी समेत रहेका कुँवरले बालिकाकै चुन्नीले मुख र हात बाँधेर बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपी कुँवरकी छोरी र बलात्कृत बालिका स्थानीय स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् ।

    बालिकाका आमाबुवा अछाममा भएका बेला उनीमाथि बलात्कार भएको हो । बालिकामाथि १३ गते बलात्कार भए पनि परिवारका सदस्यहरूले १५ गते मात्रै ईलाका प्रहरी कार्यालय सुखडमा खबर गरेको प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए ।

    घटना हुँदाको दिन बालिकाका बाजे बाख्राको खोर भएको स्थानका सुतेकाले एक्लै घरमा भएकी बालिकामाथि बलात्कार भएको प्रारम्भिक रुपमा खुलेको प्रहरीले जनाएको छ ।

    भदौ १३ गते रातीको घटनाबारे इलाका प्रहरी कार्यालय सुखडमा शुक्रबार मात्रै उजुरी आएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । उनले उजुरी आए लगत्तै कुँवरलाई पक्राउ गर्न प्रहरी गए पनि उनी फरार भएको बताए । कुँवरमाथि प्रहरीले जबरजस्ती करणीको मुद्धा दर्ता गरी खोजीकार्य जारी राखेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ