• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    गाउँ-गाउँमा भ्रष्टाचार विरोधी नारा, टोल-टोलमा संगठन बनाउदै गण्डकमा विप्लवको अभियान

    13.5K
    SHARES

    काठमाडौँ ।

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गाउँ-गाउँमा अभियान सुरु गरेको छ । पार्टीले आफ्नो केन्द्रीय कार्यक्रम सेड्युलमा राखेर भदौ १ गतेदेखि सुरु गरेको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ गण्डक ब्युरोमा पनि संचालन भएको छ ।

    अभियानले गाउँ-गाउँमा भ्रष्टाचार बिरोधी नाराहरु लेख्ने साना-ठुला कोणसभा र भेलाहरु गर्ने तथा संगठन निर्माण र बिस्तार गर्ने कार्यक्रम तय गरेको गण्डक ब्युरो सदस्य तथा तनहुँका इन्चार्ज उभारले जानकारी दिएका छन् । उभारको नेतृत्वमा कास्की र पर्वतका विभिन्न गाउँ र सहरमा अभियान चलि रहेको छ ।

    अभियान टोलीहरूले पर्वतको मोदी गाउँपालिका, राम्जा, चित्रे, नेपाने, ओदारे, कास्कीको अन्नपूर्ण गाउँपालिका, सल्यान, भदौरे-लुम्लेमा ‘भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर ! वैज्ञानिक समाजवाद स्थापना गरौँ ! कर र महँगी बढाउन पाइँदैन । दलाल सरकार चाहिँदैन’ लगायतका नारा भित्ता-भित्तामा लेखेका छन् ।

    त्यस्तै अभियान टोलीले पार्टीका विभिन्न जनबर्गिय संगठन निर्माण गर्ने र पार्टीका एकाइ समिति निर्माणदेखि भेला र प्रशिक्षणसम्म सञ्चालन गरेको बताइएको छ । पार्टी केन्द्रको योजनामा सुरु भएको चार महिने यो अभियान देशका चारवटै कमान्डमा चलिरहेको नेकपाले जनाएको छ ।

    प्रतिक्रिया