• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    त्रिभुवन बिमानस्थलमा यती एयरको जहाज दुर्घटना, के छ क्षतिको अवस्था

    15.7K
    SHARES

    काठमाडौं ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।

    नेपालगञ्जबाट काठमाडौं आएको जहाज दुर्घटनाग्रस्त भएको हो । अवतरणका क्रममा जहाज दुर्घटनामा परेको एयरलायन्स स्रोतले जानकारी दिएको छ ।

    जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । नेपालगञ्जबाट शनिबार साँझ काठमाडौं आएको यती एयरलाइन्सको जेट स्ट्रीम जहाज अवतरणको क्रममा चिप्लिँदा अगाडिको पांग्रा भाँचिएको थियो ।

    सो क्रममा पाँच जना यात्रु सामान्य घाइते भएका छन् । विमानमा २१ यात्रु थिए ।जहाज दुर्घटना भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन ।

    विमानस्थल स्रोतले दिएको जानकारीअनुसार बिहान आठ बजेदेखि उडान अवतरण सुरु गर्ने तयारी छ । एयरपोर्ट बन्द भएपछि काठमाडौंबाट जाने र काठमाडौं आउने यात्रुहरु अलपत्र परेका छन् ।

    विराटनगर, चितवन, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका एयरपोर्टहरुमा यात्रुहरुको चाप अत्यधिक छ । उनीहरु काठमाडौंको एयरपोर्ट खुल्ने प्रतिक्षामा बसिरहेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ