• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    रक्षा र गृहमन्त्री परिवर्तन गर्दै ओली, केहि मन्त्रीलाई बर्खास्त गर्नेसम्मको यस्तो छ गोप्य योजना

    17.1K
    SHARES

    काठमाडौँ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्न तयारी गरेका छन् । बिमस्टेक शिखर सम्मेलन सकिएलपछि प्रधानमन्त्रीले मन्त्रिमण्डलमा फेरफेर गर्न बताइएको छ ।

    कञ्चनपुर घटनासम्म आउँदा गृहमन्त्री रामबहादुर थापासँग प्रधानमन्त्री असन्तुष्ट बनेको (नेकपा) का नेताहरु नै बताउन थालेका छन् । प्रधानमन्त्री ओलीले केही दिन पहिले मात्रै सम्पादकहरुसँगको छलफलमा पनि उक्त संकेत गरेका थिए । उनले त्यहाँ माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक लगाएको आफूले संचारमाध्यमहरुबाट जानकारी पाएको बताएका थिए । त्यसैगरी कञ्चनपुरमा निर्मला हत्याकाण्डबारे सुरुमा गृहलाई विश्वास गरेको तर नभएपछि आफैले कदम चालेको संकेत गरेका थिए ।

    प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमै पनि ठूलो हेरफेर गर्न लागेको बताइएको छ । ताजा खबरले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नै केही मन्त्रीलाई बर्खास्त गर्ने र केहीलाई हेरफेर गर्न लागेको बताउने गरेको समाचार छापेको छ । उनका अनुसार आपूर्ति मन्त्री मात्रृका प्रसाद यादवलाई बर्खास्तको तयारी प्रधानमन्त्रीले गरेका छन् । प्रधानमन्त्रीकै सचिवालयका केही व्यक्तिहरुले गृहमन्त्री रामबहादुर थापालाई गृहबाट हटाएर रक्षामन्त्री बनाउने र रक्षामन्त्री इश्वार पोखरेललाई गृहमा ल्याउने तयारी गरेको बताइएको छ ।

    सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले वीर अस्पतालका चिकित्सकलाई मन्त्रालयमा बोलाएर गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ले थर्काएको र थाइल्याण्ड जान लागेका पूर्वजनमुक्ति सेनाका सदस्य लेनिन विष्टलाई विमानस्थलबाटै फर्काइएको विषयमा गृहमन्त्रीसँग २४ घण्टे स्पष्टीकरण सोधेको बताएका थिए । उनले बिग्रिएका कामजति सबैको जवाफ आफूले दिनुपरिरहेको भन्दै उस्तै परे एक्सनमा उत्रिने चेतावनी दिएका थिए ।

    प्रधानमन्त्रीको यो भनाई र गृहमन्त्री थापालाई हटाउन लागेको हल्ला संयोजक नहुन पनि सक्छ । अहिलेसम्मकै गृहमन्त्रीले भन्दा तुलनात्मक राम्रो कामको सुरुवात गरेका थापालाई पनि अवरोध भएको बताउन थालिएको छ । सिण्डिकेट, ठेकेदार र एनजिओ प्रकरणमा गृहमन्त्री थापालाई राजनीतिक नेतृत्वकै कारण अगाडि बढ्न नदिएको जनमानसमा परेको छ ।

    २०७५ भदौ १५ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ