• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कञ्चपुरमा फेरि अर्की किशोरीमाथि सामूहिक बलात्कार, के गर्दैछ प्रहरी ?

    10K
    SHARES

    काठमाडौं ।

    १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्या र त्यसको अनुसन्धानलाई लिएर आन्दोलन मत्थर भइनसक्दै कञ्चनपुरमा फेरि अर्की  किशोरी बलात्कृत भएकी छन् ।

    बेल्डाँडी गाउँपालिकामा बिहीबार राति किशोरी बलात्कृत भएकी हुन् । पीडितले इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा दिएको जानकारी अनुसार उनीमाथि सामूहिक बलात्कार भएको छ ।

    जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख एसपी कुवेर कडायतले घटनाको बारेमा प्रहरीमा मौखिक जानकारी आएको स्वीकारे ।

    ‘म आफैं अहिले घटनास्थलमा आएको छु’, उनले भने, ‘अनुसन्धान सुरु गरेका छौं ।’ कडायतले पीडक ‘आइडन्टिफाइड’ रहेको भन्दै उनीहरुको खोजी जारी रहेको बताए । प्रहरीका अनुसार किशोरीको घरमा पुजा भएको वेलामा एक युवकले उनलाई सडकमा बोलाएका थिए । र, मोटरसाइकलमा लगेर बलात्कार गरेको बुझिएको छ।

    परिवारले घटनाबारे प्रहरीलाई खबर गरेपछि शुक्रबार बिहान साढे ३ बजेको समयमा प्रहरीले किशोरीको उद्दार गरेको छ।  बलात्कृत किशोरीको स्वास्थ्य परीक्षण गराएर अहिले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा राखिएको छ। बलात्कारी चारैजना फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया