• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष

    १८ बुँदे घोषणापत्र जारी गर्दै सकियो बिमस्टेक सम्मेलन, यी हुन सम्मेलनमा प्रवेश नै नभएका बिषय

    9.7K
    SHARES

    काठमाडौं ।

    १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन सम्पन्न भएको छ ।

    शुक्रबार भएको समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षर भएको छ । यो सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको बाटो खोल्नेछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण पनि गरेका छन् । बिमस्टेकको अध्यक्षता नेपालले २०१४ देखि गर्दै आएको थियो ।

    सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, बंगालदेशी प्रधानमन्त्री, शेख हिसना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुत च्यान ओचा सहभागी थिए ।

    दुई दिने सम्मेलनका लागि आएका अतिथिमध्ये बंगलादेशकी प्रधानमन्त्री हसिना, म्यान्मारका राष्ट्रपति विन, थाइल्याण्डका प्रधानमन्त्री प्रयुट र भारतका प्रधानमन्त्री मोदी शुक्रबार नै र्फकदै छन् ।

    मोदीले स्वदेश र्फकनुअघि पशुपति क्षेत्रमा निर्मित धर्मशाला उदघाटन गर्ने कार्यक्रम छ । केहीबेरमा प्रधानमन्त्री केपी शर्मा ओली र मोदीको उपस्थितिमा रक्सौल-काठमाडौं रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतापत्रमा हस्तक्षार हुने बताइएको छ ।

    पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ । बिमस्टेक सम्मेलन २००४ मा थाइल्याण्ड, २००८ मा भारत र २०१४ मा म्यान्मारले आयोजना गरेको थियो ।

    तर यो शिखर सम्मेलनमा स्वतन्त्र ब्यापार सम्झौताको सञ्चालन प्रक्रियाको मानक बनाउने विषयले प्रवेश नै पाएन । विज्ञहरुका अनुसार यस विषयलाई ओझेलमा छाडिँदा सबैभन्दा बढी घाटा नेपाललाई नै छ । किनभने नेपालको सबै बिमस्टेक राष्ट्रसँग ब्यापार घाटा छ ।

    अन्य राष्ट्रको अन्तर्राष्ट्रिय ब्यापारमा यस्तो ‘बिजोग’ अवस्था छैन । गत आर्थिक वर्षमा मात्रै नेपालले बिमस्टेक सदस्य राष्ट्रहरुबाट मात्रै ७ खर्ब ६४ अर्बको ब्यापार घाटा बेहोर्‍यो । यो नेपालको कुल ब्यापार घाटाको ६७ प्रतिशतभन्दा बढी हो । अर्थात् नेपालले मुख्य ब्यापार घाटा यिनै देशहरुसँग बेहोरेको छ । नेपालले गत वर्ष ११ खर्ब ६७ खर्बको ब्यापार घाटा भोगेको थियो ।

    बिमस्टेकको अध्यक्ष र आयोजकका हिसाबले नेपालले ब्यापारघाटा न्यूनीकरण गर्दै सबै देशको आर्थिक लाभका लागि ब्यापार सहजीकरण गर्ने विषयमा छलफल गराउन सक्थ्यो । तर, विषय ‘नोगोसियसन’ नटुंगिएको भन्दै अन्य देशले चासो देखाएनन् । नेपाल पनि यो एजेण्डामा जोडबलका साथ लागेन ।

    भारत र पाकिस्ताको शीतयुद्धका कारण सार्क असफलताको दिशामा अघि बढिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिमस्टेकलाई नै प्रयोग गर्नुपर्ने संकेत गरिसकेका छन् । तर, त्यसका लागि सरकारले पृष्ठभूमि तयार गर्न भने सकेन ।

    सार्कस्तरमा भएका ब्यापार सम्झौताहरु अलपत्र परिरँहदा बिमस्टेक सदस्य राष्ट्रबीचको स्वतन्त्र ब्यापार सम्झौतालाई टुंगोमा पुर्‍याएर कार्यान्वयनमा लैजान योपटक पनि नेपाल चुकेको अर्थविदहरु बताउँछन् ।

    २०७५ भदौ १५ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ