• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    के खादैछन् बिमस्टेकका भीभीआईपीले, यस्तो छ डिनरको ‘मेन्यू’

    17.6K
    SHARES

    काठमाडौं । 

    चौथो बिमस्टेक सम्मेलनमा सहभागि हुन आएका सदस्य राष्ट्रका सरकार प्रमुखहरुको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले रात्रीभोजको आयोजना गरेका छन् ।

    राजधानीको होटल ह्यात रिजेन्सीमा ओलीले सो रात्रीभोजको आयोजना गरेका हुन् । रात्रीभोजमा भीभीआईपीको इच्छाअनुसारका विभिन्न मेन्यूहरु तयार गरिएको छ ।

    रातोपाटीलाई प्राप्त खानाको मेन्यू अनुसार ओभन रोस्टेड भाइन राइप टमाटर, बोकोन्चिनी मस्कुलाइन ग्रीन्स, ब्रोकन बासिल ओइल मेन्यूमा समावेश रहेको छ । यस्तै अर्को मेन्यूमा मस्रुम क्याप्युचिनो रहेको छ ।

    यसैगरी नर्वेजियन साल्मोन, गार्लिक मास्ड पाट्याटो, सब्जीलगायत पनि मेन्यूमा राखिएको छ । यसको विकल्पमा न्यूजिल्याण्ड ल्याम्ब चप्स, ग्लेज्ड भेजिटेबल र जुस पनि मेन्यूमा राखिएको छ । यस्तै बटरका परिकार, चकलेट, चिज, चिया, कफीलगायत पनि मेन्यूका रुपमा समावेश गरिएका छन् ।

    नेपालको कलासंस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रमका साथ आयोजित उक्त कार्यक्रममा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखका श्रीमान्÷श्रीमती सहभागी थिए ।

    बिम्स्टेकका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सदस्य देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखलाई नेपालका पूर्वप्रधानमन्त्रीसँग परिचय गराएका थिए ।

    रात्रिभोजमा बिम्स्टेक देशका विदेशमन्त्री, विदेश सचिवलगायत प्रतिनिधिमण्डलका सदस्य, कूटनीतिक नियोगका पदाधिकारी, वरिष्ठ सञ्चारकर्मीका साथै समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।

    त्यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनीकी धर्मपत्नी सरस्वती अर्यालले विशिष्ट अतिथिको स्वागत गरेका थिए ।

    प्रतिक्रिया