• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    राजधानी काठमाडौंमै घट्यो यस्तो घटना, बानेश्वरबाट १५ बर्षीया किशोरी बेपत्ता

    13K
    SHARES

    काठमाडौं । 

    दिनानुदिन बालबालिका अपहरण र बलात्कारका घटना बढिरहेका बेला शुक्रबार राजधानी काठमाडौँबाट एक बालिका बेपता भएको खबर बाहिरिएको छ । काठमाडौँको बानेश्वरस्थित मिलनचोक देवकोटा मार्गमार्गबाट १५ बर्षीया किशोरी निक्की पराजुली हराएकी छन् ।

    पराजुली गत साउन २८ गते सोमबार साँझ साढे सात बजेतिर देवकोटा मार्गस्थित घरबाट बाहिर निस्किएकी थिइन् । उनी भ्याली भ्यू बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत छिन् ।

    ‘छोरी आफ्नै कोठमा बसिरहेकी थिइन् । हामी अर्को कोठामा बसिरहेका थियौँ’, निक्कीका बुबा निलकण्ठ पराजुलीले भने, ‘पछि हेर्दा उनी कोठमा थिइनन् ।’

    आफन्त, साथीभाइ तथा चिनजानका सबैसँग सोधपुछ गरिएको तर उनी नभेटिएको पराजुलीले बताए । हल्का गहुँगोरो वर्णकी, चश्मा लगाउने निक्की हाफ पाइन्ट र टिसर्ट लगाएर घरबाट कसैलाई केहि नभनी निस्किएकी हुन् ।

    उनलाई देख्नुहुनेले नजिकको प्रहरी चौकी अथवा ९८१३८४७७११ / ९८०२०७५५९८ नम्बरमा सम्पर्क गरिदिन निक्कीका बुबा निलकण्ठ पराजुलीले आग्रह गरेका छन् । रातोपाटीबाट

    प्रतिक्रिया