• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    प्रधानमन्त्री मोदी नेपाल आएका बेला भारतभर चर्काे विरोध र आलोचन, यस्तो छ कारण

    14.4K
    SHARES

    काठमाडौं ।

    बिमस्टेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहान नेपाल आइपुगेका छन् । तर, उनको देश भारतमा भने मोदीको चर्काे विरोध र आलोचना भइरहेको छ ।

    माओवादीलाई सघाएको आरोपमा भारतको पुणे प्रहरीले पाँच जना सामाजिक कार्यकर्ताहरुलाई पक्राउ परेपछि मोदी सरकारको आलोचना भएको हो । इतिहासकार रामचन्द्र गुहाले ट्वीटरमा लेखेका छन्, ‘यो निकै नराम्रो कुरा हो । यस मामिलामा सर्वोच्च अदालतले छिटो निर्णय लिनुपर्छ ।’

    यसैगरी द प्रिन्टका सम्पादक शेखर गुप्ताले पनि ट्वीटरमा लेखेका छन्, ‘जोसँग तपाईं सहमत हुनुहुन्न, उनीहरुलाई चरमपन्थी भनेर बन्द गर्न सक्नुहुन्न ।’ केही व्यक्तिहरुले यो कारवाहीलाई सन् १९७५ को संकटकालीन अवस्थाको याद आएको बताएका छन् । त्यतिबेला प्रधानमन्त्री इन्दिरा गान्धीले नागरिक अधिकार निलम्बित गरेकी थिइन् भने विपक्षी नेता र पत्रकारहरुलाई जेल हालेकी थिइन् । सञ्चार माध्यमहरुमा पनि कडाइ गरिएको थियो ।

    पक्राउ पर्नेमा वामपन्थी विचारक तथा कवि वरवर राव, वकिल सुधा भारद्वाज, अधिकारकर्मी अरुण फरेरा, गौतम नवलखा र वरनान गोन्जाल्विस छन् । उनीहरुलाई अर्को सुनुवाई नहुन्जेलसम्म नजरवन्दमा राख्न सर्वोच्च अदालतले भारत सरकार र महाराष्ट्र सरकारलाई आदेश दिएको छ । अर्को सुनुवाई ६ सेप्टेम्बरमा हुने छ ।

    उनीहरुलाई पक्राउ गरिएपछि इतिहासकार रोमिला थापर, प्रभात पटनायक, सतीन देशपाण्डे, देवकी जैन र माया दारुवालाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । भारत सरकार प्राय कानुनी राज्य स्थापित गर्ने काममा कमजोर सावित हुँदै आएको छ । तर, सरकारविरुद्ध आवाज उठाउनेहरुप्रति उ सधैं कठोर बन्दै आएको छ ।

    केही व्यक्तिहरु पुरानो सरकार र अहिलेको सरकारबीच एउटा फरक कुरा बताउँछन् । उनीहरु भन्छन्, अहिलेको भारत सरकार आफूसँग असहमत व्यक्तिहरुमाथि संगठित अभियान चलाएर निशाना साँध्दै आएको छ ।

    नरेन्द्र मोदी र उनको पार्टी भाजपालाई साम्प्रदायिक राजनीति गरेको आरोप लाग्दै आएको छ । जो व्यक्तिले मोदी र उनको पार्टीको विरोध गर्दछ उसलाई ‘अर्बन माओवादी’ वा राष्ट्र विरोधीको बिल्ला भिराइन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुलाई ‘जनताको दुश्मन’ भनेजस्तै मोदी सरकारले पनि आफ्ना विरोधीहरुलाई त्यस्तै गर्दछ । –बीबीसी हिन्दीको सहयोगमा

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ