• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    काठमाडौंबाट सभामुख गिरफ्तार परेलगत्तै रोल्पामा जनप्रतिनिधिमाथि कारवाही सुरु

    23.9K
    SHARES

    रोल्पा । 

    नेपाल कम्युनिस्ट पार्टी रोल्पाले एक जनप्रतिनिधिलाई जनकारवाही गरेको छ । माडी गाउँपालिकाको वडा नम्बर १ का सदस्य जनकारवाहीमा परेका हुन् । नेकपाले गठन गरेको स्थानीय जनसरकारले भ्रष्टाचार गरेको भन्दै वडा सदस्य हरीप्रसाद घर्तीलाई जनकारवाही गरेको हो ।

    वडा सदस्य घर्तीले कृषिको विकासको भन्दै आएको ४ लाख २४ हजार रुपैयाँ सरकारी बजेट हिनामिना गरेको नेकपाले घर्तीगाउँले जनाएको छ । उनले भ्रष्टाचार गरेको पुष्टि भएपछि चेतावनीस्वरुप जनकारवाही गरेको नेकपाले जनाएको छ । वडा सदस्य घर्तीले आफू खुशी कुनै पनि काम नगर्ने प्रतिवद्धता जाहेर समेत गरेको बताइएको छ ।

    नेकपाले गठन गरेको जनपरिषद् अन्तरगत जनप्रतिनिधि सभा प्रमुखको जिम्मेवारी समेलिरहेकी नेतृ उमा भुजेल काठमाडौंमा गिरफ्तार भएकै दिन रोल्पामा जनकारवाही सुरु भएको छ । भुजेलको गिरफ्तारीबाट नेकपा अाक्रोसित भएको छ ।

    पार्टीका महासचिव विप्लवले मंगलबार साँझ एक विज्ञप्ति जारी गरेर सरकारले वार्ताको नाटक गरेर दमन र गिरफ्तारी बढाएको भन्दै वार्ता नगर्ने घोषणा गरेका छन् । सरकारले शुक्रबार नेकपालगायतका शक्तिसँग वार्ता गर्ने भनेर सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

    वार्ताबारे नेकपाले औपचारिक धारणा सार्वजनक गर्न नपाउँदै पोलिट्ब्यूरो सदस्य उमा भुजेललाई मंगलबार गिरफ्तार गरेको थियो ।

    उक्त पार्टीका स्थायी समिति सदस्य प्रकाण्डलगायत पोलिटब्युरो सदस्यहरू पदमबहादुर राई, ओमप्रकाश पुन, कृष्ण धमला र मोहन कार्की, केन्द्रीय सदस्य तथा नेकपाका कोसी ब्युरो इन्चार्ज किरण राई, सगरमाथा ब्युरो इन्चार्ज दिपेश राई, देवनारायण शाह र टेकबहादुर केसी प्रहरी हिरासतमा छन् ।

    नेतृ भुजेललाई मङ्गलबार बिहान काठमाडौँ बनस्थलीस्थित उनकै डेराबाट गिरफ्तार गरेको थियो । सादा पोसाकमा रहेको सीआईबीको टोलीले भुजेललाई गिरफ्तार गरेको उनको परिवारले जनाएको छ ।

    २०७५ भदौ १३ मा प्रकाशित ।

    प्रतिक्रिया