• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    भीम रावलको अभिव्यक्तिप्रति सुदूरपश्चिमबासीको चर्को बिरोध, हेर्नुहोस् कसले के भने ?

    16.9K
    SHARES

    काठमाडौं ।

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना र त्यसपछि भएको प्रदर्शनमा नेपाली कांग्रेसले राजनीतिक रंग दिएको आरोप लगाएपछि सुदूरपश्चिमबासीको चर्को बिरोध जनाएका छन् ।

    काठमाडौं बसेर राजनीति गर्दै आएका रावलले वास्तविक हत्यारालाई वचाउन यस्तो अभिव्यक्ति दिएको हुनसक्ने भन्दै अधिकांश सुदूरपश्चिमबासीले सामाजिक सञ्जाल फेसबुकट्वीटरमा उनको आलोचना गरेका छन् ।

    निर्मलाका हत्यारा पत्ता लागएर कारवाही हुनुपर्ने माग गर्दै स्वतस्फूर्तमा रुपमा सुरु भएको आन्दोलनलाई राजनीतिक ‘ट्याग’ लगाएर रावलले महेन्द्रनगरको जनआक्रोशमाथि घिउ थप्ने पिडितको पिडामाथि झन् चोट दिने काम गरेको उनीहरुको बुझाई छ ।

    उनीहरुले ओली-प्रचण्ड नेतृत्वमा रहेको दुईतिहाईको सरकार अहिले अपराधी बचाउन लागिपरेको समेत दावी गरेका छन् । रावललको अभिव्यक्तिको बिरोध गर्दै कतै घट्नाको सत्यतथ्यता लुकाउन उनकै संलग्नतासमेत रहेको छ कि ? भन्ने आशंका सामाजिक संजालमा धेरैले गरेका छन् ।

    कंचनपुरका पत्रकार गणेश भट्टले दुई तिहाईको सरकार अपराधी बचाउन पो लागेको की भन्दै प्रश्न गरेका छन् । भट्ट आफ्नो फेसबुकमा लेख्छन्- ‘स्व. निर्मला पन्त हत्या घटनाका विषयमा काठमाडौं पुगेर गृहमन्त्री र राजनीतिक नेतृत्वलाई भेट्ने नेताहरूले हत्यारालाई बचाउन भूमिका खेलिरहेको भीम रावलको अभिव्यक्तिले प्रष्ट पारिसकेको छ ।’ साथै उनले थप लेखेका छन् ‘महेन्द्रनगरको जनआक्रोश र वास्तविकतालाई लुकाएर कांग्रेसले आन्दोलन गरेको र भड्काएको भनेर काठमाडौंलाई बताउँदा रहेछन् जनविरोधीहरू । दुई तिहाईको सरकार त पूरै अपराधी बचाउन पो लागेको हो कि जस्तो देखियो ।’

    यस्तै अर्का पत्रकार युवराज न्यौपानेले रावलको अभिव्यक्तिले वास्तविक हत्यारालाई वचाउन कतै उनकाे हात छैन भन्ने गम्भीर शंका उत्पन्न गरेकाेको बताएका छन् ।

    उनले भनेका छन्- “काठमाण्डाैमा वसेर सुदुरमा राजनिति गर्ने नेकपा का एकजना ठुला नेताले कञ्चनपुर घटनामा काङ्ग्रेसले राजनिति गर्याे भन्न पनि भ्याएछन् ।धन्न तिम्राे राजनिति , सक्छाै भने समस्या समाधान तर्फ लाग, नभए अरुलाई काम गर्न देउ । याे अभिव्यक्तिले वास्तविक हत्यारालाई वचाउन कतै भिम रावलकाे हात छैन गम्भीर शंका उत्पन्न गरेकाे छ । सवैले गम्भीर भएर साेचाै ।”

    रावलले नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले कांग्रेस निकटका नेता तथा कार्यकर्ताले हिंसा भड्काएको आरोप लगाएका थिए ।

    ‘निर्मला पन्त घटनामा कांग्रेसले कञ्चनपुरमा राजनीति गरेको छ । अनुसन्धानमा अबरोध गरेको छ’, उनले भने, ‘छानविनमा सहयोग गर्नुभन्दा पनि कांग्रेसले निर्मला पन्त घटनामा राजनीतिक रंग दिएको छ ।’ नेता रावलले केही तत्वले गलत सूचनाहरू सम्प्रेषण गरेर आफू अनुकुलको काम गरिरहेको बताए ।

    हेर्नुहोस् सामाजिक सञ्जालमा व्यक्त भएका विरोधका केहि आवाजहरु 

     

    प्रतिक्रिया