• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights इतिहास-दस्तावेज फोटो-फिचर राजनीति

    महेन्द्रनगरमा स्थानीय र प्रहरीबीच ढुंगा हानाहान, अवस्था तनावग्रस्त (फोटो फिचर)

    17.3K
    SHARES

    काठमाडौं ।

    निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने बास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै महेन्द्रनगरमा आज (बुधबार) पनि स्थानीयले आन्दोलन चर्काएका छन् ।

    प्रहरीले वास्तविक अपराधी लुकाउन मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी देखाएर उम्किन खोजेको उनीहरुको आरोप छ ।

    आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेरर प्रदर्शनकारीलाई तितरवितर बनाउने प्रयास गरेको छ । तर, स्वतःस्फूर्त रुपमा आन्दोलनमा उत्रिएका स्थानीयहरु ठूलो मात्रामा जम्मा भइरहेका छन् । ठाउँ- ठाउँमा आन्दोलनकारी स्थानीय र प्रहरीबीच ढुंगा हानाहान समेत भएको छ ।

    आन्दोलनका कारण बजार व्यवसाय पूर्णरूपमा बन्द भएको छ । आन्दोलनमा उत्रिएका स्थानीयले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गर्न माग गरेका छन् । स्थानीय नागरिकहरुले मंगलबार पनि प्रदर्शन गरेका थिए ।

    १३ वर्षीया बालिका निर्मलाको हत्यामा संलग्न भएको भन्दै प्रहरीले केही दिनअघि मानसिक सन्तुलन गुमाएका दिलिप सिंह विष्टलाई पक्राउ गरी सार्वजनीक गरेको थियो ।

    गत साउन १० गते साथीको घरमा जान्छु भनी निस्केकी १३ वर्षीया निर्मला ११ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ