• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    फेरी गयो ७ म्याग्निच्युटको शक्तिशाली भूकम्प, मानिसहरुबीच भागदौड, क्षतिबारे यसो भन्छन् गृहमन्त्री

    53.6K
    SHARES

    एजेन्सी । भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ । ट्रिनियाड एन्ड टोबागोको नजिक तटीय क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७ म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

    तर भेनेजुएलाका अधिकारीहरुले भने ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको बताएका छन् । भूकम्पका झड्का भेनेजुएलाको राजधानी काराकासमा समेत महसुस गरिएको छ । शक्तिशाली भूकम्प गएपछि मानिसहरुबीच भागदौड भएको छ ।

    भेनेजुएलाका अधिकांश घर खाली गराइएको छ । मानिसहरुलाई खुला ठाउँमा राखिएको छ । गृहमन्त्री नेस्टर रेवेरोलले भूकम्पको झड्का देशभर महसुस गरिएको बताए । उनले भूकम्पबाट भएको क्षतिको खबर भने अहिलेसम्म प्राप्त नभएको प्रतिक्रिया दिएका छन् ।

    यसअघि केहि महिना पहिले पनि भेनेजुएलामा शक्तिशाली भूकम्प गएको थियो । उता जापानमा पनि ६ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको छ । जापानको दक्षिणी क्षेत्रमा पर्ने सापोरोको होकाइदो केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का झण्डै २० सेकेण्ड महसुस गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

    स्थानीय समय अनुसार बिहान ३ बजे गएको भूकम्पका बेलामा भर्‍याङबाट लडेर ८२ वर्षका एक वृद्धको ज्यान गएको छ । कम्तीमा १० जना घाइतेलाई अस्पताल लगिएको छ । भूकम्पका कारण केही घर भत्किएका छन् ।

    भत्किएका घरमा केही व्यक्ति फसेका प्रहरीले अनुमान गरेको छ । उद्धारको कामलाई प्राथमिकता दिन प्रधामन्त्री सिन्जो आवेले निर्देशन दिएका छन् । भूकम्पको परकम्प अहिले पनि आइरहेको छ । तर सुनामीको खतरा भने नरहेको खबरमा उल्लेख छ ।

    यता नेपालमा पनि ठूलो भूकम्प जाने संम्भावना रहेकाे वैज्ञानिकहरूले बताएका छन् । भारतीय वैज्ञानिकहरु हिमालय क्षेत्रसहितका नेपालमा पनि भूकम्पको जोखिम रहेको दाबी गरेका हुन् ।

    जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स साइन्टिफिक रिर्सचका लागि भूगर्वविद् सीपी राजेन्द्रले नेतृत्व गरेको अनुसन्धानले निकट भविष्यमा यी क्षेत्रमा ठूलो भूकम्प जान सक्ने उल्लेख गरेको छ ।

    ‘दक्षिण एशियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८.५ म्याग्निच्युडको भूकम्प जान सक्छ’, बेंग्लोर आधारित संस्थाको जियोलोजिकल जर्नलमा प्रकाशित लेखमा भनिएको छ । नेपालको सुदूर पश्चिमको हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रको तथ्यांकआधारित भएर गरिएको अध्ययनले यस्तो देखाएको हो ।

    जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्विरको सहयोगमा अनुसन्धान सञ्चालन भएको थियो ।

    भूकम्पको पछिल्ला प्रवृत्तिबारे अनुसन्धान गरिरहेका अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भविद् प्राध्यापक रोजर विल्हमले भारतीय वैज्ञानिकको यो अनुसन्धान तथ्यपरक रहेको दाबी गरेका छन् । उनले हिमालय क्षेत्रमा ८.५ म्याग्नेच्युडको भूकम्प जानेमा कुनै शंका नरहेकाे दाबी गरे । याे ठूलाे बिपत्ती जुनसुकै बेला अाउने भएकाले सतर्क रहन पनि वैज्ञानिकहरूले अाग्रह गरेका छन् ।

    सन् २०१५ मा नेपालको गोर्खा केन्द्रविन्दू भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । हिमाली भूकम्पहरुको इतिहास अध्ययन गरेका विल्हमले त्यसपछि सो भूकम्प हिमाली क्षेत्रको सबैभन्दा विनाशकारी नभएको उल्लेख गरेका थिए ।

    ‘सबैभन्दा बढी विनाशकारी हुने अनमान गरिएको भूकम्पबाट चाहिँ १० लाखसम्म मानिसको ज्यान सक्छ’, उनले भनेका छन्, ‘सरकारहरूले यस्तो विपत्तिको रोकथाम गर्न चाँडै नै भवनहरूलाई बलियो तुल्याउनुपर्छ ।’

    गोर्खा भूकम्पबाट नेपालमा करिब ९ हजार मानिसको ज्यान गुमाएका थिए ।

    प्रतिक्रिया