• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    वडा सचिवलाई यति महँगो पर्‍यो फेसबुकमा सेयर गरेको कार्टुन, घरमै पुगेर प्रहरी गर्‍यो गिरफ्तार

    25.5K
    SHARES

    काठमाडौं ।

    फेसबुकमा सेयर गरेको कार्टुन एक जना सरकारी कर्मचारीलाई निक्कै महँगो परेको छ । काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले कार्टुन सेयर गरेको भन्दै पक्राउ गरेको छ ।

    नकारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलिने गरी कार्टुन सेयर गरेको आरोपमा उनलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

    प्रधानमन्त्रीज्यूलाई लक्षित गरी भ्रम फैलाउने गरी फेसबुकमा फोटोहरु सेयर गरेकोले पक्राउ गरेको उनले बताए । नायब सुब्बा सिग्देललाई प्रहरीले उनकै घर भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो ।

    सिग्देलले लक्ष्मण पराजुलीले फेसबुकमा पोष्ट गरेको कार्टुन सेयर गरेका छन् । उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न भएको अभियोगमा कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ । यो व्यवस्था अनुसार एक लाख जरिवाना र पाँच वर्षसम्म कैद वा दुबै सजाय हुन्छ ।

    हेर्नुहोस् पत्र

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ