काठमाडौं ।
कालिमाटी तरकारी तथा फलफूल बजारका ब्यापारी तथा बिचौलियाले सबै तरकारी ब्यापार ठप्प पारेको भन्दै बजार नखोल्ने सरकारलाई चेतावनी दिएका छन् ।
सरकारी अनुगमनको बिरोधमा आन्दोलनमा उत्रिएका व्यवसायीले सरकारलाई आफ्नो तागत देखाउने गरी अत्यावश्यकीय वस्तु तरकारीको बिक्री वितरण रोकेका छन् । । व्यापारीहरुको आन्दोलनले मंगलबार काठमाडौंको मुख्य कालिमाटी तरकारी तथा फलफूल बजार आंशिक रुपमा मात्रै खुलेको छ ।
केही स्थानीय कृषकबाहेक अन्य ब्यापारीले कालिमाटीमा तरकारी बिक्री वितरण रोकेका छन् । ‘स्टक’मा रहेका आलु, प्याज, कागति र आशिंक रुपमा हरियो तरकारी बेच्ने बाहेक अन्यको उपस्थिति बजारमा देखिँदैन ।
अनुगमनका कारण मूल्य घटाउनुपर्ने र गुणस्तरमा पनि प्रश्न उठ्न सक्ने देखिएपछि तरकारीको ब्यापार रोकेका छन्, ब्यापारी तथा बिचौलियाले । कालिमाटीकै ब्यापारीहरुले बिक्री वितरण मात्रै रोकेपछि काठमाडौंमा तरकारी आपूर्ति पनि घटेको छ ।
काठमाडौंमा तरकारी आपूर्ति पनि रोकिएपछि उपभोक्ता मारमा पर्ने स्थिति आएको छ । सरकारले यसकाविरुद्ध कडा एक्सन लिने छाँट भने अझै देखाएको छैन । सरकार अझै ‘पर्ख र हेर’ स्थितिमा देखिन्छ । अवस्था यहि रहिरहने हो भने उपभोक्ताको बेहाल हुने निश्चित बनेकाले अब के हुन्छ भन्ने स्थिति पैदा भएको छ ।
प्रतिक्रिया