• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओली-प्रचण्डलाई चुनौती दिँदै देउवाले भने: हामीले जितेको ठाउँमा कर बढाइदैन, जारी भयो सकुर्लर

    21.3K
    SHARES

    काठमाडौं ।

    ओली-प्रचण्ड सरकारले मनपरी रुपमा कर उठाएपछि विरोध भइरहेका बेला सो विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफूले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई करका विषयमा गम्भीर बन्न निर्देशन दिएको छ ।

    स्थानीय तहमा कर नबढाउन कांग्रेसले अनौपचारिक सकुर्लर जारी गरेको छ । कांग्रेसले आफ्नो नेतृत्वका स्थानीय तहमा कर वृद्धि गरिएको भए फिर्ता लिन पनि आग्रह गरेको छ ।

    कांग्रेसले स्थानीय तहमा वृद्धि गरेका कर फिर्ता लिन र जनताको सेवामा स्थानीय तहलाई संलग्न गराउन आफूले जितेका स्थानीय तहका प्रमुखको भेला पनि गर्न लागेको छ ।

    कांग्रेसले भदौ दोस्रो साता स्थानीय तहमा विजयी कांग्रेसका मेयरको भेला काठमाडौंमा आयोजनाको गृहकार्य भइरहेको एक नेताले बताए ।

    कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले शनिबार विराटनगरमा पार्टी विजयी भएका स्थानीय तहमा कर नबढ्ने बताएका थिए । उनले कांग्रेसले जितेका स्थानीय तहमा कर नबढ्ने र बढेको भए फिर्ता हुने जानकारी दिएका छन् ।

    भदौ १२, १३ र १४ गते काठमाडौंमा नगरपालिका महासंघको भेला हुन लागेको मौका छोपेर कांग्रेसले आफ्नो पार्टीबाट विजयी मेयरसँग छलफल गर्ने तयारी गरेको छ ।

    काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिकासहित कांग्रेसले जितेका अन्य स्थानीय तहमा समेत कर वृद्धि नगरी कांग्रेसले अन्य स्थानीय तहमा गरिएको कर वृद्धिको विरोध गर्ने भएको छ ।

    धनगढी उपमहानगरपालिकाका मेयर निर्पबहादुर ओडले पनि कांग्रेस विजयी स्थानीय तहमा कर नबढ्ने जानकारी दिएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ