• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बलात्कारीलाई फासीको माग गर्दै प्रदर्शनमा उत्रिएका महिलामाथि प्रहरी दमन, ७ जना गिरफ्तार (भिडियो)

    24.1K
    SHARES

    काठमाडौं ।

    बलात्कारीलाई फाँसी दिनु पर्ने माग गर्दै माइतिघरमा प्रदर्शनमा उत्रिएका महिलामाथि प्रहरीले दमन गरेको छ। प्रदर्शनका क्रममा प्रहरीले अधिकारकर्मी ५ जना महिला २ पुरुष गरी ७ जनालाई नियन्त्रणमा लिएको छ।

    पक्राउ पर्नेहरुमा सावित्री सुवेदी, सन्ध्या विडारी, दिया भण्डारी, जस्मिन अोझा, सन्ध्या लामा, विक्रम रोकाया र सुरेश तिमल्सिना सहेका छन् ।उनीहरुलाई अनामनगर प्रहरी वृतमा राखिएको छ।

    बलात्कार विरुद्ध महिला र पुरुष दुवैले कालो पेटिकोट लगाएर प्रदर्शनमा उत्रिएका थिए। बाँकीलाई प्रदर्शन गर्नबाट समेत रोक लगाएको प्रहरीले सहभागिमाथि लाठी चार्ज गरेको छ।

    प्रहरीले प्रदर्शनकारी महिलालाई हातपात गर्दै आफ्नो भ्यानमा हालेको प्रत्यक्षदर्शीले बताएका छन्।

    मुलुकमा बलात्कार लगायत आपराधिक घटनामा वृद्धि आएपनि सरकार त्यसमा संवेदनशिल नबनेको भन्दै शनिबार दिउँसो स्वतस्पूर्तरुपमा युवाहरु प्रर्दशनमा उत्रिएका हुन्।

    देशमा बढिरहेको हत्या हिंसा र बलत्कारका घटनाहरुको विरोध गर्दै प्रदर्शनकारीहरुले प्ले कार्डसहित कालो पेटिकोट लगाएर अर्धनग्न प्रदर्शन गरेका थिए ।

    हेर्नुहोस् भिडियो

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ