• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रधानमन्त्री ओलीलाई प्रदेश २ मा झट्का, मधेशी मन्त्री र सांसदद्वारा सम्बोधन बहिस्कार

    16.3K
    SHARES

    काठमाडौं ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश २ मा झट्का लागेको छ । उनले प्रदेश सभाको बैठकमा सम्बोधन सुरु गर्नुअगावै प्रदेश–२ सरकारमा आवद्ध केही मन्त्री र सांसदहरुले विरोध गरेका छन् ।

    प्रदेश सभाको बैठक सुरु हुनासाथ एकजना मन्त्रीले ओलीको विरोधमा बोल्न खोजेका थिए । तर सभामुखले बोल्न दिएनन् । त्यसपछि अर्को सांसदले बोल्न खोजे, उनले पनि बोल्न पाएनन् । त्यसपछि उनीहरु हामी बहिस्कार गर्छौँ भन्दै उनीहरु बैठकबाट बाहिरिए ।

    केहीले बहिस्कारको घोषणा गरेपनि प्रदेश सभाको बैठक जारी छ, जहाँ प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन् ।

    २०७५ साउन २ भदौ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ