• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    आफ्नै कारण प्रचण्डको दोरम्बामा यसरी भयो बेइज्जत, शहिद परिवार आक्रोसित

    12K
    SHARES

    काठमाडौं । 

    सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोरम्बाबाट अपमानित भएर फर्किएका छन् । प्रचण्ड दोरम्बा हत्याकाण्डको १५ औं शहिद स्मृति दिवसमा शहिद परिवारलाई सम्मान व्यक्त गर्न बिहीबार हेलिकोप्टर चाढेर दोरम्बा पुगेका थिए । तर त्यहाँ पुग्नुअगावै जनयुद्धको उद्देश्यमाथि गद्दारी गरेको भन्दै शहिद परिवार, जनयुद्धका पीडित र नेकपाका कार्यकर्ताले नाराबाजी र कालोझण्डासहित तयारीमा बसेका थिए ।

    कार्यक्रमस्थल पुगेको केहीबेरमै अध्यक्ष प्रचण्ड संघीय सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’ लाई सँगै लिएर हेलिकोप्टरबाटै शहिद स्मृति पार्कतर्फ हान्निए । स्मृति पार्कमा उनी धेरैबेर टिक्न सकेनन् । त्यहाँ पनि असन्तुष्ट स्थानीयले नाराबाजी गर्ने तयारी भएको बुझेपछि पाँच सात मिनेटजति यताउता हेरेर हेलिकोप्टरबाटै नजिकैको सैन्या ब्यारेक फर्किए । त्यो बेला प्रचण्ड भय र हतासमा देखिएको प्रत्यक्षदर्शीको भनाई छ । उक्त ब्यारेक दोरम्बा हत्याकाण्डपछि स्थापनाा गरिएको हो ।

    त्यसपछि कार्यक्रमस्थल बजारमा हेलिकोप्टरमै आए । ब्यारेकको बसाई लम्बिएका कारण दोरम्बा गाउँपालिकाले आयोजना गरेको उक्त सम्मान कार्यक्रममा अतिथि आसन ग्रहण गराउने कार्यक्रम भने उनी पुग्नुपहिल्यै सकिएको थियो । कार्यक्रममा प्रमुख अतिथि बनाइएका प्रचण्ड पुग्नुपहिल्यै आसन ग्रहण सकिएको देखेर त्यहाँ सहभागीहरुबीच लामै हाँसो चलेको थियो । त्यतिबेला प्रचण्डमा लज्जाबोध भाव देखियो । त्यो देखेर प्रमुख अतिथि प्रचण्डले बोल्ने पालोमा ‘नयाँ–नयाँ पार्टीको नयाँ–नायाँ तरिका, यस्तै हुन्छ ठानौं । अप्ठ्यारो मान्नु हुँदैन’ भनेर सम्बोधन शुरु गरे । सहभागीहरुबीच हाँसो झनै बढ्यो । प्रचण्ड मञ्चमै कानेखुशी गर्नतिर लागे ।

    त्यस्तै शहिद र बेपत्ताहरुको सम्मानमा एक मिनेट मौनधारण गर्ने कार्यक्रम स्वागत भाषणपछि मात्र गरे । आसन ग्रहणलगत्तै गरिनुपर्ने मौनधारण स्वागत भाषणको पछाडि पुर्याएरको देखेर प्रचण्ड फेरि जिल्ल खाए । एक मिनेटको मौनधारण पछि प्रचण्डले ९ मिनेटमै आफ्नो भाषण अन्त्य गरिदिए । त्यसरी आफू प्रमुख अतिथि रहेको कार्यक्रमको भद्रगोल तरिका देखेर उनी कालोनिलो भए । त्यतिबेला पनि प्रचण्डले ‘यस्तै हो, यस्तै हो भन्ने ठानौं’ मात्र भने ।

    प्रचण्डले प्रमुख अतिथिको आसन ग्रहण गर्दैगर्दा उनलाई शहिद परिवारका सदस्यहरुले ‘जनयुद्धका महागद्दार र शहरका दलाल’ भन्दै विरोधमा कालो झण्डा देखाए । त्यसमा साथ दिए नेकपाका स्थानीय कार्यकर्ताले । उनीहरुले आफन्तको रगतलाई कुल्चेर जनयुद्धको सपनालाई धोका दिएको प्रचण्डविरुद्ध चर्को नाराबाजी गरे । त्यसमा साथ दिए नेपाल कम्युनिस्ट पार्टीका स्थानीय कार्यकर्ताले । उनीहरुले प्रचण्डलाई ‘सामाजिक फासीवादी र दलाल पूँजीवादी’ भन्दै चर्को नाराबाजी गरेका थिए । उनी एमालेसँग पार्टी मिलाएपछि सहज हुने ठानेर यो वर्ष दोरम्बा हत्याकाण्डस्थल गएका हुन् । तर आयोजकले बताएजस्तो परिस्थिति नपाएको र आफू अपमानित भएको महसुस प्रचण्डले गरेको (नेकपा)का स्थानीय कार्यकर्ताबीच उनी काठमाडौं फर्किएपछि चर्चाको विषय बनाइयो ।

    यसैबीच दोरम्बाका सहिद परिवारहरु प्रचण्डप्रति आक्रोशित बनेका छन् । प्रचण्डलाई ले  ‘झुठका पोका’को संज्ञा दिएका छन् । गफ मात्रै ठूलाठूला गर्ने तर व्यवहारमा भने प्रचण्ड निक्कै घटिया भएको उनीहरुले प्रतिक्रिया दिए । शहिद उमा कार्की ‘सहारा’की बहिनी सविनाले आफुहरु स्वागत र भाषण गर्न आएको नभई दिदीको रगत कुल्चने मान्छे प्रचण्डको अनुहार हेर्न आएको बताइन् ।

    आफ्ना कार्यकर्ता हत्या भएको स्थलसम्म जान नसक्ने उनकै शब्दमा ‘कायर’ प्रचण्डबाट आफूले मात्र नभई कसैले समृद्धिको आशा नगरेको उनको भनाई छ । प्रचण्ड ‘धोकेबाज र गद्दार’ हुन् भन्ने धेरै मान्छेको दिमाग परिसकेको उनले बताइन् । यस्तै प्रचण्डजस्ता ध्रुतलाई सहयोग गर्दा आफूले धेरै दुःख पाएको स्थानीय धनबहादुर तामाङले बताए ।

    ‘जनयुद्धका बेला खाईनखाई खान दियौं, बस्न दियौं, तर आज धोका पाएँ’ उनले भने । ७८ वर्षीय तामाङले भने ‘यिनको अनुहार देख्न पाथिइनँ, अहिले आउँदैछन् भनेर हेर्न आको ।’ जनयुद्धको बेला उनले माओवादी नेता, सेनालाई धेरै किसिमबाट सघाए । दुश्मनबाट जोगाए । रातदिन नभनिकन सूचना दिएर सहयोग गरेको अनुभव सुनाए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ