• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय नाघ्यो, उद्धार कार्य जारी (भिडियोसहित)

    13.1K
    SHARES

    काठमाडौं ।

    भारतको केरला राज्यमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ । केरला राज्यका १३ जिल्लामा केही दिनदेखि भइरहेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोका कारण ठूलो क्षति भएको हो ।

    केरलाको पछिल्लो एक सय वर्षको इतिहासमै सबैभन्दा ठूलो बाढी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । केरला सरकारले कासरगोडबाहेक सबै जिल्लामा रेड अलर्ट जारी गरेको छ ।

    मौसम विभागले अझै केही दिन बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन अपील गरेको छ । केरलाका मुख्य मन्त्री पिनराई विजयनले उद्धारको काम तीव्र गतिमा भइरहेको जानकारी दिएका छन् ।

    उनले बाढीमा फसिरहेकाहरुको सूचना दिएर उद्धारमा सहयोग गर्नसमेत अपील गरेका छन् । बाढीबाट विस्थापित भएका दुई लाखलाई शिविरमा राखिएको छ ।

    केरला सरकारले बाढी प्रभावितका लागि ५ लाख अट्ने शिविर निर्माण गरेकोमा दुई लाख मानिस जम्मा भइसकेको बताइएको छ । हेलिकप्टर तथा डुङ्गाको सहायतामा उद्धार जारी छ ।

    मौसम विभागले अझै केहीदिन भारी वर्षा हुने भन्दै सतर्क रहन र सुरक्षित स्थानमा जान सर्वसाधारणमा अपिल समेत गरेको छ । (एजेन्सी)

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ