• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    निजामतीका उपाध्यक्षले सिंहदरबारभित्रै सामान्य प्रशासन मन्त्रालयका उपसचिव कुटे

    20.8K
    SHARES

    काठमाडौं ।

    पछिल्लोसमय सिंहदरबारभित्रै लाजमर्दो तरीकाले अनेकौं घटना घट्न थालेका छन् । यसैबीच आइतबार मात्रै सिंहदरबारभित्रै एक जना उपसचिव कुटिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् ।

    मन्त्रालय स्रोतका अनुसार आइतबार दिउँसो निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उनीमाथि मुक्का प्रहार गरेका थिए ।

    भण्डारीले सिफारिस अनुरुप एक कर्मचारीको सरुवा नगरिए पछि उनले कुटपिट गरेको स्रोतको भनाइ छ । ‘उनले कुर्सी उचालेर जाइलाग्नुका साथै गमला समेत फुटाएका छन्’, मन्त्रालयका एक अधिकारीले भने ।

    २०७५ साउन २८ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ