काठमाडौं ।
बहालवाला सहसचिव र सचिवहरूको स्वार्थअनुरुप निजामती कर्मचारीको अवकाश पाउने उमेर हद ६० पुराउने चलखेल तीव्ररुपमा अगाडि बढेको छ ।
निजामती कर्मचारीको अवकाश हुने उमेर लामो समयदेखि बहसको विषय बन्दै अएको सन्दर्भमा तिनै कर्मचारीको स्वार्थअनुरुप संघीय निजामती सेवा ऐनमा अवकाश पाउने उमेर ६० वर्ष प्रस्तावित गरिएको छ ।
ऐनको धारा ५० मा ६० वर्ष उमेर पूरा भएको निजामती कर्मचारीले निजामती सेवाबाट स्वतः अवकाश पाउने व्यवस्थ छ ।
यसअघि शेरबहादुर देउवा नेतृत्वको पालामा तत्कालीन समान्य प्रशासन मन्त्रालयले बनाएको विधेयकमा कर्मचारीको अवकाश उमेरहद ५८ वर्षबाट बढाएर ६० वर्ष बनाउन प्रस्ताव गरिएको थियो ।
विधेयक पुनरावलोकनका क्रममा ६० वर्ष उमेर हदको प्रस्तावलाई हटाएर पुनः ५८ वर्ष नै राखिएको थियो । अहिले फेरि ६० वर्ष प्रस्तवित गरिएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
प्रतिक्रिया