• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    अर्थमन्त्री परिवर्तन हुने, नहुनेबारे प्रचण्डको यस्तो खुलासा, सत्तारुढ दलभित्र हंगामा

    24.4K
    SHARES


    काठमाडौं ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालयको जिम्मा दिएका खतिवडाको तिव्र आलोचनाका कारण सत्तारुढ दलभित्र हंगामा भएको छ ।

    सत्तारुढ दलकै सांसदहरुले अर्थमन्त्री युवराज खतिवडाको राजीनामा माग गरेपछि नेपाल कम्युनिष्ट पार्टीभित्र हंगामा भएको हो । यसैबीच अर्थमन्त्रीको राजीनामा माग भइरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको बचाउ गरेका छन् ।

    सरकारमा मन्त्रीहरूको हेरफेरको तिव्र तयारी भइरहेका बेला प्रचण्डले अर्थमन्त्री परिवर्तन नहुँने बताएका हुन् । चितवनको एक कार्यक्रममा बोल्दै प्रचण्डले प्रस्ट शव्दमा भने, ‘अर्थमन्त्री परिवर्तन हुँदैनन् ।’

    राष्ट्रिय सभाको सदस्य बनाउँदै अर्थमन्त्रीको जिम्मेबारीमा आइपुगेका खतिवडालाई भारतीय एजेन्सीको समेत समर्थन रहेको चर्चा चलेको थियो । ओलीले भारतीय एजेन्सीको सुझावका आधारमा नै खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेको बताइएको थियो ।

    करको दायरा बढाएर जनताको ढाड सेकेको भन्दै अर्थमन्त्रीको विरोध भइरहेका बेला प्रचण्डले चितवन पुगेर खतिवडाको बचाउ गरेका छन् । अन्य मन्त्रीहरू हेरफेर हुनसक्ने उनको धारणा थियो ।

    ‘करको दायरा बढाएर जनतामा निराशा आयो भन्ने विषयमा सरकार गम्भिर छ, पार्टी पनि गम्भिर छ । तर बजारमा अर्थमन्त्री फेर्ने भन्ने हल्ला आएको छ त्यो गलत हो’, चितवनको एउटा कार्यक्रममा शनिबार उनले थपे, ‘सरकारको कामको समिक्षा पार्टीले गरिरहेको छ, पार्टीको समिक्षाका आधारमा नै सरकार अघि बढ्ने हो ।’

    प्रचण्डको बचाउले पूर्वमाओवादीका नेताहरु भित्रभित्रै फायर भएका समेत स्रोतको दावी छ ।

    प्रतिक्रिया