• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    ओम्याक्स आगलागी अपडेट : आगो नियन्त्रणमा आउदै, यस्तो छ पछिल्लो क्षति विवरण

    9.6K
    SHARES

    हेटौंडा ।

    हेटौंड –४ स्थित ओम्याक्स सिनेमा हलमा आगोलागि भएपनि मानविय क्षती भने हुन पाएन । आज बुधबार बिहानको सो नरहेको कारण हल भित्र दर्शक नभएकोले मानविय रुपमा भने केहि क्षती नभएको जानकारी छ ।

    अहिले हेटौंडाका स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणको पहल भईरहेको छ । आगलागी हलको अगाडिको भागबाट नियन्त्रणमा लिन नसकिएपछि अहिले हलको पछाडि भागबाट आगलागीको प्रयास थालिएको छ ।

    हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिन नसकेपछि अहिले बारा जिल्लाबाट ठूलो दमकल घटनास्थलमा आईपुगेको र आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएता पनि वास्तविक कारण नखुलेको प्रहरीले जनाएको छ । आगलागीबारे फरक-फरक आकलनहरु बाहिर आएका छन्। अघिल्लो अपडेट अनुसार हलमा सो नभएको बताइए पनि केही स्थानीयले हलको पर्दामा विद्युत् सर्ट हुँदा आगो लागेको बताएका छन् ।

    फिल्म प्रर्दशन गर्ने पर्दामा विद्युत् सर्ट भएर आगो फैलिएको जनाइएको छ । भने कहिले आज सो नभएको बताएका छन् । आगो निभाउनका लागि बाराको अमलेखगञ्जबाट आएको दमकलले प्रयास जारी राखी रहेको प्रहरीले जानेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ