मकवानपुर ।
हेटौंडाको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ । चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका नरेन्द्र महर्जनले हेटौंडा–४, हुप्राचौरमा सञ्चालन गरेको फिल्म हलमा आगलागी भएको हो ।
अहिले हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिइरहेका छन् । बिहानैदेखि आगलागी भए पनि अझै नियन्त्रणमा आउन सकेको छैन । आगो २ तले भवनको सबैभागमा फैलिएको छ ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार विद्युत्त सर्ट भएर लागेको आगो उपमहानगरपालिकाको दमकल र स्थानीयले नियन्त्रणमा लिन नसकेपछि अहिले बारा जिल्लाबाट ठूलो दमकल घटनास्थलमा आईपुगेको छ ।
आगलागी नियन्त्रण गर्न आइपुगेको हेटौँडा उपमहानगरपालिकाको दमकलको पानी सकिएपछि पुन पानी लिन गएको छ । हलको भित्रबाट सुरु भएको आलागी अहिले झनै बाहिर सम्मै आईपुगेको छ ।
प्रतिक्रिया