• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    भ्रष्टाचार आरोपमा समाज कल्याण परिषदका सदस्यसचिव भट्ट निलम्वित

    24.2K
    SHARES

    काठमाडौं ।

    सरकारी कर्माचारी र हाकिमलाई प्राय लाग्ने आरोप हो भ्रष्टाचार, पछिल्लो समय ओली सरकारको गठनपछि यो क्रम झन् बढेको छ ।

    हालै समाज कल्याण परिषदका सदस्यसचिव डिल्लीप्रसाद भट्ट भ्रष्टाचार आरोपमा निलम्वित भएका छन् । उनले पदको दुरुपयोग गरेर भ्रष्टाचारजन्य काम गरेको उजुरी परेपछि त्यसबारे छानबिन गर्न उनलाई निलम्वन गरिएको हो ।

    भट्टले दातृ निकायसँग रकम माग्ने गरेको, परिषदका लागि गाडी खरिद गर्दा लाखौं कमिसन लिने गरेको, परिषदका कम्प्युटर, फि्रज जस्ता सामान आफ्नो घर लैजाने गरेको, भृकुटीमण्डपस्थित फनपार्क मेला सञ्चालकसँग मिलेमतो गरेर मासिक रकम असुल्ने गरेको, परिषदको बैठकका निर्णय केरमेट गरी सच्याउने गरेको लगायतका उजुरी मन्त्रालयमा परेको छ ।

    महिला, बालबालिका तथा समाजकल्याण परिषदले मंगलबार भट्टलाई निलम्बन गरेर सदस्यसचिवको जिम्मेवारी बीरबहादुर राईलाई दिएको छ । राई मन्त्रालयको सहसचिव हुन् । महिला बालबालिका मन्त्रालय मन्त्रालय मातहत भए पनि समाजकल्याण परिषद आकर्षक र शक्तिशाली मानिन्छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ