• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    राससमा श्रमजीवी पत्रकार ऐन लागु हुनै सक्दैन : श्यामल

    9.2K
    SHARES

    काठमाडौँ ।

    राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी श्यामलले अान्तरिक कर्मचारी नियमावलीका कारण श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्नै नसकिने बताएका छन् ।

    वर्षाैंदेखि काम गर्दै अाएका स्टिञ्जरहरु हटाउन नपाइने माग लिएर नेपाल पत्रकार महासंघकाे श्रमजीवी हित प्रवर्द्धन समितिकाे टाेली मंगलबार राससमा डेलिगेशन गएकाे थियाे ।

    टाेलीसँग छलफल गर्ने क्रममा श्यामलले अाफु राससलाई सुधार्न केही स्टिञ्जरहरुकाे नविकरण राेकेकाे स्वीकार्दै रासस कर्मचारी बिनियमावली अनुसार नियुक्ति र सेवा सुविधा दिइदै अाएकाे भन्दै श्रमजीवी पत्रकार ऐन र कर्मचारी विनियमावली दुइटै कसरी लागू गर्ने भनेर उल्टै प्रश्न गरेकाे समिति संयाेजक एवं महासंघ सचिव रामप्रसाद दाहालले जानकारी दिए ।

    श्रमजीवी पत्रकार ऐनमा छ महिना परिक्षण पूरा भएकाे र १५ प्रतिशत भन्दा करारमा राख्न नपाउने व्यवस्था लागू गर्नुपर्दा स्टिञ्जर हटाउन नमिल्ने समितिका सह संयाेजक जन्मदेव जैसीले जिकिर गरेका थिए ।

    जवाफमा अध्यक्ष श्यामलले “त्यसकाे लागि कानुनी बाटाे राेज्न स्वतन्त्र हुनुहुन्छ” भनेका थिए । समिति सदस्य यम बिरहीले श्रमजीवी पत्रकार ऐन जसरी कार्यान्वयन गराउने महासंघकाे नीति रहेकाे भन्दै अाफ्नाे नीतिमा महासंघ अडिग रहेकाे बताए । सह संयाेजक जैसीले ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्याममा महासंघले दवावका कार्यक्रम ल्याउन बाध्य हुने बताए ।

    यसैबीच समिति संयाेजक रामप्रसाद दाहालले अध्यक्ष श्यामलकाे अभिव्यक्तिप्रति तिव्र अालाेचना गरे । उनले भने- “अध्यक्ष श्यामलले राससमा श्रमजीवी पत्रकार ऐन लागू नहुने र निष्काशित पत्रकार पुर्नवहाली नगर्ने समेत बताउनु भयो, हामीलाई यो कुनै हालतमा स्वीकार्य हुनै सक्दैन ।”

    उनले आफ्नो काममा महासंघले हस्तक्षेप गरेको आरोप लगाए र, समस्याप्रति पटक्कै गम्भीरता नदेखाई तपाईहरुको अध्यक्षसँग कुरा गर्छु आदि इत्यादि कुरा निकै उग्र शैलीमा बताए ।” उनकाे रवैया महासंघलाई कुनै हालतमा सैह्य नहुने दाहालकाे कथन थियाे ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ