• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    कानुनमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर तामाङले दिए अाेलीलार्इ यस्ताे काउण्टर

    22K
    SHARES

    काठमाडौं ।

    कानुनमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर तामाङ्ले फेरी अाफ्नाे सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले भ्रष्टाचारीविरुद्ध खराे बाेलिबाेलेका छन्। उनले भने,’मैले चालेकाे कदमले कि भ्रष्टाचारी सकिने कि आफू सकिने हाे।’

    सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर तामाङले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफूले मन्त्री पद सम्हाल्दा र अहिलेको सम्पत्तिमा खासै फरक नभएको पनि उल्लेख गरे । जम्मा १३० दिन मन्त्री भएका तामाङले तलबभत्ताबाट आएको रकमबाट केही ऋण तिरेको र अन्य खर्च भएकाले जम्मा हुन नपाएको दावी गरेका छन् ।

    बैंकमा ४३ हजार ९ सय ६७ रुपयाँ १२ पैसा रहेको र श्रीमती उषाकला राईको नाममा एउटा बैंकमा १ लाख ६६ हजार र अर्को बैंकमा १ लाख २२ हजार रहेको जानकारी दिए । यसअघि मन्त्री हुँदा तामाङले १५ लाख बराबरको शेयर तथा कृषि विकास बैंकसँग ४० लाख र अन्य बैंकसँग ३० लाख ऋण भएको सार्वजनिक गरेका थिए । त्यो यथावत रहेको उनले जानकारी दिए ।

    सिन्धुपाञ्चोकबाट प्रतिनिधिसभामा निर्वाचित तामाङले आफूसँग सिन्धुपाल्चोक, सिन्धुकोटमा पाखोबारी र खेत, श्रीमती राईको नाममा मोरङमा ७ कित्ता जग्गा र खोटाङमा पनि केही जग्गा भएको जानकारी दिए ।

    नेपाल कम्युनिस्ट पार्टीका सांसद रहेका तामाङले भ्रष्टाचार नियन्त्रण आफ्नो एक मात्र लक्ष्य भएको बताएका छन् । पद भन्दा ठूलो मुद्दा भएको भन्दै उनले आफूले मन्त्री पद मात्र छाडेको तर, मुद्दा नछाडेको दाबी गरे ।

    आफूले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो सम्पती विवरण सार्वजनिक गर्नुपर्ने बाध्यात्मक कानून तयार भएको भन्दै उनले पास हुने विश्वास व्यक्त गरे । ‘कि भ्रष्टाचारी सकियो कि म सकिएँ’ तामाङले भने, ‘मन्त्रिपरिषदमा पुगेको विधेयक कसले रोक्दो रहेछ, भ्रष्टाचारीको पक्षमा कोको उभिदाँरहेछन्, जनताले हेरिरहनेछन् ।’

    राज्यकोषमा जम्मा हुनुपर्ने करिब ६१ अर्ब रकम अदालतको अन्तरिम आदेशको भरमा गुमेको पनि उल्लेख गरे । मन्त्री तामाङले आफू कानूनमन्त्री हुँदा तयार पारेर मन्त्रिपरिषदमा पठाएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, भ्रष्टाचार निवारण एने, २०५९ र न्याय परिषद ऐन २०७३ को संशोधन विधेयकबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा ४ र न्याय परिषद ऐन, २०७३ को दफा २९ को उपदफा ३ मा गर्न खोजिएको संशोधनले सार्वजनिक पद धारण गरेका र न्यायाधीशहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने हुन्छ । भ्रष्टाचार नियन्त्रणका लागि गरेको प्रयासविरुद्ध लाग्नेहरुले आफूविरुद्ध षड्यन्त्र गरेको उनको आरोप छ ।

    बंलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले केही दिनअघि कानूनमन्त्रीबाट राजीनामा दिएका थिए ।

    प्रतिक्रिया