• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रश्नपत्र आउट भएपछि सिटिइभीटी प्रवेश परीक्षा स्थगित, क्रान्तिकारीले माग्यो पदाधिकारीको राजीनामा

    15.9K
    SHARES

    काठमाडौं ।

    अखिल (क्रान्तिकारी) ले प्रश्नपत्र आउट हुँदासमेत कानमा तेल हालेर बस्ने  सिटिइभीटीका पदाधिकारीहरुको राजिनामा माग गरेको छ । साथै निहित स्वार्थका लागि सिटिइभीटी र सम्पूर्ण बिद्यार्थी तथा शैक्षिक संस्थालाई अनिर्णयको बन्दी बनाउने कार्य गर्ने जोसुकै ब्यक्ति तथा पदाधिकारीहरु संगठनको कार्बाहीमा पर्ने समेत क्रान्तिकारीले चेतावनी दिएको छ ।

    क्रान्तिकारीले  सिटिइभीटीद्धारा यस शैक्षिक शत्रका लागि प्राबिधिक एस. एल. सि. पूर्ण शुल्क तर्फको आज सोमबार दिउँसोको २ बजे तोकिएको प्रवेश परिक्षा बिशेष कारण देखाउदै रातारात स्थगित गरिएकोप्रति घोर आपत्ति समेत प्रकट गरेको छ।

    नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का सिटिईभिटी संयोजक हर्कबहादुर बिकले सोमबार एक विज्ञप्ति जारी गर्दै डिप्लोमा तहको बर्गिकृत छात्रबृत्ति अन्तर्गत धनगढी, जनकपुर लगायतका परिक्षा केन्द्रमा प्रश्न पत्र बाहिरिएको र त्यसको छानबिनले निष्कर्ष नआउदैं बिशेष कारणको हवाला दिएर आजको परिक्षा स्थगित गर्ने गराउनेहरु बिद्यार्थी लगायत जनताको नजरमा घृणाको र आक्रोशको पात्र बनेको बताएका छन्।

    उनले तुरुन्तै पारदर्शी ढङ्गले प्रबेश परिक्षा सञ्चालन गर्न जोडदार माग समेत गरेका छन् ।  विज्ञप्तिमा भनिएको छ – ‘प्राबिधिक क्षेत्र तर्फ गन्तब्य बनाएका हजारौं बिद्यार्थीहरुको भबिष्यसंग सम्बन्धित परिक्षा जस्तो संबेदनशिल बिषयमा खेलबाड गर्ने ÷गराउने सिटिइभीटीको गैर जिम्मेवारपूर्ण रबैयाको कडा संघर्ष र प्रतिरोध गर्न आम बिद्यार्थीबर्ग लगायत सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं । साथै तुरुन्तै पारदर्शी ढङ्गले प्रबेश परिक्षा सञ्चालन गर्न जोडदार माग गर्दछौं ।’

    राज्यका शैक्षिक निकायहरुबीच बिद्यार्थीहरुको हितको पक्षमा न्युनतम समझदारी पनि कायम नगरी सिटिइभीटीको प्रबेश परिक्षा र एसइइ को पुरक परिक्षाको तालमेल नमिल्दा समेत हजारौं बिद्यार्थी पिडित हुन पुगेको विज्ञप्तिमा उल्लेख छ । साथै सबै बिद्यार्थीलाइ सहज हुने गरि परिक्षा सञ्चालन गर्न माग समेत गरिएको छ ।

    ‘पारदर्शी र ब्यबस्थित रुपमा प्रबेश परिक्षा सञ्चालन गर्ने हैसियत नराख्ने सिटिइभीटीका पदाधिकारी उपाध्यक्ष कुल बहादुर बस्नेत , सदस्य सचिब पुष्परमण वाग्ले र परिक्षा नियन्त्रक मणी भट्टराईलाई पदबाट राजिनामा गर्न जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ- ‘निहित स्वार्थका लागि सिटिइभीटी र सम्पूर्ण बिद्यार्थी तथा शैक्षिक संस्थालाई अनिर्णयको बन्दी बनाउने कार्य गर्ने जो सुकै ब्यक्ति तथा पदाधिकारीहरु संगठनको कार्बाहीमा पर्ने समेत चेतावनी दिन चाहन्छौं ।’

    गत साउन १२ गते धनगढी उपमहानगरपालिकाको पञ्च्योदय परीक्षा केन्द्रमा प्रमाणपत्र तह तथा डिप्लोमा अन्तरगतको पूर्ण छात्रवृत्ति परीक्षामा सिटिईभिटीबाट खटिएका कर्मचारीको मिलेमतोमा प्रश्नपत्र बाहिरिएको क्रान्तिकारीको आरोप छ ।

     यस्तो छ विज्ञप्ति

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ