काठमाडौँ । नेपाली नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तिजपर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिन आज दर खाने चलन छ ।
माइतीपक्षले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा रहेकाे छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाने चलन छ ।
प्रतिक्रिया