• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    बा-आमालाई अनसनमा राखेर चार वर्षदेखि बेपत्ता नुरप्रसाद प्रहरीको नियन्त्रणमा

    58.4K
    SHARES

    काठमाडौं ।

    बा-आमालाई अनसनमा राखेर ४ वर्षदेखि परिवारको सम्पर्कमा नरहेका नुरप्रसादलाई आमा गंगामायाको आग्रहमा महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले खोजी गरी आइतबार सम्पर्कमा ल्याएको छ।

    तत्कालीन माओवादीबाट हत्या गरिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका दाजु नुरप्रसाद अधिकारीलाई प्रहरीले सानेपाको एउटा सानो कोठा (डेरा) बाट आइतबार बिहान ११ बजे प्रहरीले नियन्त्रणमा लिएको हो।

    उनलाई अहिले महाशाखामै राखिएको छ। अधिकारीको खोजी गर्न मानव अधिकार आयोगले पनि पहल गर्दै आएको थियो।

    गंगामाया वीर अस्पतालमा उपचाररत छिन्। छोरा कृष्णप्रसादको हत्या गर्नेलाई कारबाहीको माग गर्दै अनसन बसेका बाबु नन्दप्रसादको निधन भइसक्यो भने आमा गंगामायाले पनि हालै अनसन तोडेकी थिइन्।

    कृष्णप्रसादलाई २०६१ जेठ २४ मा माओवादीले अपहरणपछि हत्या गरेका थिए। अनसनकै क्रममा मृत्यु भएका नन्दप्रसादको शव टिचिङमै छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ