काठमाडौं ।
नेपाली कांग्रेसका पूर्व सांसद कमल पंगेनीको आइतबार निधन भएको छ ।
स्याङ्जाका जिल्ला सभापति समेत रहेका कांग्रेस नेता पंगेनीको आइतबार बिहान हृदयघातका कारण निधन भएको हो।
घरमा छाति दुखेको बताएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा बिहान साढे ६ बजे बाटोमै उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
२०७० सालमा स्याङ्जाबाट प्रत्यक्ष निर्वाचित सांसद पंगेनी २०३५ सालदेखि राजनीतिमा सक्रिय थिए। ५५ वर्षीय पंगेनीका श्रीमती, एक छोरा र एक छोरी छन्।
२०७५ साउन २० मा प्रकाशित ।
प्रतिक्रिया