• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights पत्रपत्रिका

    ३२ हजार कर्मचारीको जागिर चैट हुदै, यस्तो छ कारण

    18.3K
    SHARES

    काठमाडौं ।

    सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउने तयारी गरेको छ ।

    सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरू कटौती हुँदा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने अवस्था आएको हो ।

    अहिले मन्त्रालय, विभाग र महाशाखा अधाभन्दा बढी कटौती भएपछि त्यसमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने भएको हो । सरकारले ६५ विभागबाट आधाभन्दा धेरै कटौती गरेको छ ।

    मन्त्रालयका महाशाखाहरूसमेत कटौती भएपछि कर्मचारीको संख्या घटाउनुपर्ने भएको हो । केन्द्र सरकारले सञ्चालन गर्दै आएका परियोजना प्रदेश तथा स्थानीय सरकारले सञ्चालन गर्ने भएपछि त्यस्ता आयोजनामा बजेट नै छुट्याइएको छैन । राजधानी दैनिकमा खबर छ ।

    २०७५, साउन २० मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ