• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    सांसद बन्न लागेका वामदेव गौतमलाई फेरी झट्का, अब के गर्छन ओली ?

    17.4K
    SHARES

    काठमाडौं ।

    सांसद धनबहादुर बुढालाई राजीनामा गराउने षडयन्त्र भएको भन्दै डोल्पाका युवाहरुले आपत्ती जनाएका छन् ।

    सांसद बुढालाई राजीनामा गराएर उक्त क्षेत्रबाट बर्दियाबाट चुनाव हारेका नेकपाका नेता वामदेब गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन चलखेल भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

    युवाहरुले शुक्रबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी सांसद बुढाले डोल्पाली जनताको विश्वास जितेको र उनलाई पाँच वर्षसम्म काम गर्न दिन नेकपाको नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् ।

    पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्रीसमेत रहेका बुढालाई राजीनामा दिन लगाएर वरिष्ठ नेता गौतमलाई उपनिर्वाचनमार्फत् डोल्पाबाट सांसद बनाउने चर्चा चेलेको छ । तर, यो कुरा आफूहरुलाई मान्य नहुने डोल्पाका युवाहरुले चेतावनी दिएका छन् ।

    उनीहरुले निर्वाचनमा हार खाएका वरिष्ठ नेता गौतमलाई सांसद बनाए त्यो नेकपाका लागि इतिहासको सबैभन्दा ठूलो कलंक हुने तर्कसमेत गरेका छन् ।

    जनताका आशा र भरोसाका रुपमा रहेका बुढालाई राजीनामा दिन कुनै पनि हिसाबले नमिल्ने भएकाले त्यसो नगर्न नेकपालाई सचेत गराउनु परेको डोल्पाका युवा राजीव शाहीले बताए ।

    डोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद बुढाले निर्वाचनमा अत्याधिक मत पाएका थिए । स्थानीयले बुढा पाँच वर्षका लागि आफ्नो प्रतिनिधि भएकाले कसैले पनि बीचमा राजीनामा नगराउन नमिल्ने तर्क पनि गरेका छन् ।

    २०७५ साउन १९ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ