• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    राजीनामा दिएका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले गरे यस्तो ट्वीट, के हो वास्तविकता

    25K
    SHARES

    काठमाडौं ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिएका छन् । उनले पार्टी एकतालाई सुदृढ र सरकारलाई सफल बनाउन सबैजना एकजुट हुन आह्वान गरेका छन् ।

    सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले पार्टी एकता र सरकारको मुख्य कार्यभारमा ध्यान दिन पनि आग्रह गरेका छन् । पार्टी प्रवक्तबाट राजीनामा दिएको भन्ने अपृष्ठ खबर बाहिर आइरहेका बेला श्रेष्ठको आधिकारीक भनाई बाहिर आएको हो ।

    उनले एक ट्वीट गर्दै भनेका छन्, ‘हाम्रो पार्टीका सम्पुर्ण नेता कार्यकर्ताहरुको यतिबेलाको मुख्य कार्यभार पार्टी एकतालाई सुदृढ गर्नु र सरकारलाई सामाजिक न्याय सहितको समृद्धि हाँसिल गर्न सफल पार्नु हो । सबैले यसैमा ध्यान केन्दृत गरौँ,अरु सबै कुरा गौण हुन् । उपरोक्त दुई कार्यभार पूरा गर्न भने गम्भीर बनौँ ।’

    प्रवक्ता श्रेष्ठसँग प्रधानमन्त्री केपी शर्मा ओलीको गोविन्द केसीको विषयलाई लिएर भनाभन भएको बताइएको छ । पार्टी नीतिविपरीत डा गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण लिएका थिए ।

    श्रेष्ठले भने, अध्यक्षसँग सम्पर्क नै नहुने, बैठक र छलफलहरूमा पनि लामो समयसम्म कुराउने गरेकाले कार्यशैली ठीक नभएकाले आफूले प्रवक्ता पदबाट राजीनामा दिएको निकटस्थहरूलाई बताएको विभिन्न पत्रपत्रिकाहरुले लेखेका छन् ।

    २०७५ साउन १७ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ