• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    दीपकराज जोशी आउट भएपछि को बन्दैछ नयाँ प्रधानन्यायधीश ?

    20.2K
    SHARES

    काठमाडौं ।

    सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी विवादित बनेकाले उनी प्रधानन्यायाधीश नबनेमा सो पदमा ओमप्रकाश मिश्र आउने सम्भावना बढी देखिएको छ ।

    न्याय परिषद्ले जोशीसहित मिश्र र चोलेन्द्र समशेर जबरालाई संवैधानिक परिषद्मा सिफारिस गरेको थियो । जबरा वरियताको आधारमा तेस्रो नम्बरमा छन् । मिश्र २०७१ जेठ १३ मा सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका थिए । मिश्रले प्रधानन्यायाधीश भए उमेर हदका कारण आगामी पुससम्म जिम्मेवारी सम्हाल्नेछन् उनी तत्कालिन सुशलि कोइरालाको नेतृत्वको सरकारका पालामा सर्वोच्चमा न्यायाधीश नियुक्त भएका थिए ।

    नेकपा जोशीलाई प्रधानन्यायाधीश बनाउन नहुने अडानमा छ भने प्रमुख प्रतिपक्षी दल काँग्रेस अनुमोदन गर्नुपर्ने पक्षमा छ । स्रोतका अनुसार पहिले हुन्छ भनेर पछि सरकारको कार्यमा अवरोध गरेकाले उनले नेकपा र मन्त्रीहरुको विश्वास गुमाइ सकेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ