• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    इटहरीमै यस्तो: सुरजकुमारले तीन दिनपछि दिसा गरे एक तोला सुनको सिक्री !

    13.9K
    SHARES

    काठमाडौं ।

    इटहरीका सुरजकुमार नेपालले तीन दिनपछि सुनको सिक्री दिसा गरेका छन् । उनले तीन दिन अघि उनले विराटनगर जलजला रोडको राठी ज्वेलर्समा ग्राहक बनेर गई एक तोला सुनको सिक्री नै निलेका थिए ।

    त्यसपछि उनलाई कोशी अञ्चल अस्पतालमा प्रहरी निगरानीमा राखिएको थियो । नेपालले सिक्री निलेको भन्दै ज्वेलर्सका सञ्चालक अरुण राठीले प्रहरीमा उजुरी गरेपछि उनलाई अस्पताल लगिएको थियो । एक्स–रे रिपोर्टमा पेटभित्र धातु देखिएपछि नेपाललाई अस्पतालमै प्रहरी निगरानीमा राखिएको थियो ।

    प्रहरीले नेपाललाई चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । मोरङका प्रहरी उपरीक्षक मनोज केसीले नेपाललाई सुन चोरीको आरोपमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

    २०७५ साउन १४ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ