काठमाडौं ।
सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीको प्रधानन्यायधीश बन्ने सपना चक्नाचुर भएको छ । ओली-प्रचण्डले जोशीलाई प्रधानन्यायाधीश हुनबाट रोक्ने भएका छन् ।
सोमबार सिंहदरबारमा नेकपा संसदीय दलको अनौपचारिक वैठक बोलाएर प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली र प्रचण्डले जोशीलाई प्रधानन्यायाधीश नबनाउने निर्णय गरेका हुन् ।
नेकपाले जोशीलाई प्रधानन्यायाधीश बन्नबाट रोक्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको पनि सहायता लिएको छ । कांग्रेसका प्रमुख नेताहरूसँग नेकपाका नेताहरूले छलफल गर्दा पार्टीमा नै छलफल चलाउनुपर्ने बताएपछि अाज पनि जोशीको बारेमा टुंगो नलागको बैठकमा सहभागी एक नेताले खबरडबलीलार्इ जानकारी दिए । उनकाअनुसार बैठक स्थगित भएको छ ।
शैक्षिक प्रमाणपत्रलगायतका विवाद जोशीमाथि लागेको थियो । त्यसो त सुनुवाइमा उनले आरोपहरुको चित्तबुझ्दो जवाफ नदिएको पनि नेकपाले निश्कर्ष निकालेको छ ।
२०७५ साउन १४ मा प्रकाशित ।
प्रतिक्रिया