• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    फेसबुकमा चिनेको केटोसँग नगरकोट घुम्न गएकी महिलालाई लुट्ने यसरी परे प्रहरीको फन्दामा

    9.9K
    SHARES

    भक्तपुर ।

    फेसबुकबाट चिनजान भएको केटोसँग नगरकोट घुम्न गएकी ३२ वर्षीया महिलाको धनमाल लुटपाट गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

    फेसबुकबाट चिनजान भएका रमेश तामाङसँग नगरकोट घुम्न गएकी काठमाडौं जोरपाटी बस्ने मोरङ टाडी गाउँपालिका-४ की ३२ वर्षीया महिलाको धनमाल लुट्ने एक युवक पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ ।

    भक्तपुर च्यामासिंह बस्ने सिन्धुपाल्चोक बलेफ गाँउपालिका-५ का १८ बर्षीय अनिष तामाङलाई भक्तपुरस्थित छायाँबस्तीबाट शनिबार प्रहरीले पक्राउ गरेको बताइएको छ ।

    फेसबुकबाट चिनजान भएका रमेश तामाङसँग नगरकोट घुम्न गएकी महिलालाई रमेशले नै योजना बनाएर लुटेकाे प्रहरीको भनाइ छ । घुम्न जाने बहानामा काठमाडौं जोरपाटी बस्ने मोरङको टाडी गाउँपालिका-४ की ३२ वर्षीया महिलाको आधा तोलाको सुनको सिक्री, १ थान मोबाईल र नगद ४ हजार ५ सय रुपैयाँ नगद लुटिएको थियो ।

    लुटेरा रमेश, अनिष र अर्का एक जना मिलेर लुटपाट गरेको खुल्न आएपछि उनिहरुको खोजी गर्ने क्रममा लुटिएको सिक्री सहित अनिषलाई पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको हो ।

    लुटपाटका संलग्न अन्य दुई जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ