• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    कामु प्रधानन्यायाधीश पदबाट राजिनमा दिनेबारे दीपकराज जोशीले मुख खोले

    22.3K
    SHARES

    काठमाडौं ।

    कामु प्रधानन्यायाधीश दीपकराज जोशीको राजीनामा आउने हल्ला निराधार भएको खुलासा भएको छ ।

    संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका जोशी संसदीय सुनुवाई समितिबाट अनुमोदन हुन बाँकी छ । जोशीको एसएलसीको प्रमाणपत्रमा विवाद देखिएपछि उनको अनुमोदनमा ढिलाई भएको हो ।

    विवाद देखिएपछि नेकपाले जोशीलाई राजीनामा गरेर ससम्मान घर फर्किन सन्देश पठाए पनि जोशीले आफू आफ्ना प्रमाणपत्रका विषयमा ढुक्क रहेकोले राजीनामा नगर्ने बताएका छन् । उनले हालसम्मको प्रचलन, नेपालको संविधानले निर्दिष्ट गरेको बाटोका आधारमा आफू प्रधानन्यायाधीशमा अनुमोदन हुने निकटस्थहरूलाई बताउँदै आएका छन् ।

    विहिबारको संसदीय सुनुवाईपछि जोशी कार्यालय समेत गएका छैनन् । उनी आइतबार र शुक्रबार पूर्व निर्धारित न्यायिक प्रतिष्ठानको कार्यक्रममा गएको सचिवालयले जनाएको छ। बाहिर हल्ला हुँदैमा राजीनामा नआउने समेत स्रोतले बतायो ।

    संसदीय सनुवाईमा आफ्नो अनुमोदन अड्किएपछि जोशी शक्तिकेन्द्रहरूसँग भेटघाटमा व्यस्त छन् । जोशीले आफू निकटस्थलाई संसदीय सुनुवाईको निर्णय पछि आवश्यक कदम चाल्ने तर अहिले राजीनामा नगर्ने बताएका छन् ।

    जोशीलाई नेकपा नेतृत्वले राजीनामा गरेर सहयोग गर्न सन्देश पठाएको थियो । ‘जोशीलाई राजीनामा गर्नू भन्ने सन्देश चाहिँ आएको हो,’ सर्वोच्चका एक अधिवक्ताले भने, ‘तर उनले राजीनामा दिन्छन् कि दिँदैनन् त्यो भने हेर्न बाँकी छ ।’

    प्रतिक्रिया