• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    एकाबिहानै गयो शक्तिशाली भूकम्प: १० को मृत्यु, दर्जनौं घाइते

    24K
    SHARES

    इन्डोनेसिया ।

    इन्डोनेसियाका पर्यटकीय टापु लोमबोकमा आइतबार बिहान भूकम्प आएको छ। स्थानीय समयअनुसार बिहान ७ बजे आएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी १० जनाको ज्यान गएको छ भने ४० जना बढी घाइते भएका छन्।

    अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्। अर्को पर्यटकीय टापु बालीबाट ४० किलोमिटर पूर्वमा पर्ने लोमबोकमा भूकम्पले कैयौं भवनहरू भत्किएका छन्।

    अधिकारीहरूले लोमबोकमा ६० पटक परकम्प आएको बताएका छन्। भूकम्पका कारण कयौँ भवनमा समेत क्षति पुगेको त्यहाँका अधिकारीले बताएका छन् । उनीहरुले केयौँ भवनमा क्षति पुगेको तर यकिन जानकारी आइनसकेको बताएका छन् ।

    सन् २०१६ को डिसेम्बरमा गएको भूकम्पमा परी इण्डोनेसियामा १ सय जनाको ज्यान गएको थियो ।

    २०७५ साउन १४ मा प्रकाशित ।

    प्रतिक्रिया