• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विजनेस

    भरतपुर महानगरकी मेयर रेणुले प्रचण्डलाई बोलाएर सुरु गरिन यस्तो कार्य, स्थानीय रुष्ट

    57.1K
    SHARES

    चितवन ।

    भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बिना कुनै गुरुयोजना पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर तामझामका साथ चक्रपथको शिलान्यास गरेकी छिन ।

    चितवन क्षेत्र नम्बर ३ का सांसद समेत रहेका प्रचण्डले भरतपुरको पहिटानीमा पहिलो खण्डको र नारायणगढमा दोस्रो खण्डको शिलान्यास गरेका छन् ।

    तर, चक्रपथको न गुरुयोजना छ, न डीपीआर नै बनेको छ । झन्डै २ अर्ब रुपैयाँ खर्चिएर बनाउन लागिएको चक्रपथ कहाँ-कहाँ भएर जान्छ ? कुन बस्तीलाई कहाँ छुन्छ ? पेट्रोल पम्प कहाँ कति दूरीमा हुन्छन् ? कुनै योजना महानगरसँग छैन ।

    नत यसको डीपीआर नै तयार छ । ९५ किलोमिटर लामो चक्रपथ भनेर हचुवाकै भरमा भनिएको छ । भरतपुर महानगरका इन्जिनियर कृष्णबहादुर मल्ल ठकुरीले ९५ किलोमिटर होला भनेर अनुमान गरिएको बताए । उनले भने, ‘यो बढ्न पनि सक्छ ।’ चक्रपथ निर्माण कसरी गर्ने र चक्रपथ कहाँ कस्तो बन्ने भन्ने आफूलाई जानकारी नभएको उनले स्वीकार गरे ।

    अनौठो के भने इन्जिनियर ठकुरीले नै महानगरको तर्फबाट सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयसँग समन्वय गरेर चक्रपथ निर्माणको काम गरिरहेका छन् ।

    डिभिजन कार्यालयका प्रमुख कुमार घिमिरेले महानगरले भनेअनुसार सडक र ढलको लागत इस्टिमेट, डीपीआर, टेण्डरको काम गरेको बताए । तर, महानगरको सिंगो चक्रपथ कस्तो हुने भन्ने बारेमा आफूहरु पनि अनभिज्ञ रहेको उनको भनाइ छ ।

    भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले पनि चक्रपथको ठोस योजना महानगरसँग नभएको स्वीकार गरेका छन् । महानगरपालिकाको एक कार्यपालिका सदस्यका अनुसार छिटो काम देखाउन विना योजना चक्रपथको निर्माण थालिएको हो ।

    शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनले प्याकेज एक र दुई गरी दुई स्थानबाट चक्रपथ र लिंक रोड निर्माणको काम अघि बढाएको छ ।

    बिकाशको नाममा बिना कुनै गुरुयोजना बजेट पचाउने हेतुले देखाउनका लागि मात्रै चक्रपथको शिलान्यास गरेको भन्दै स्थानीय भने रुष्ट बनेका छन् । उनीहरुले    दीर्घकालीन योजनाका साथ काम गर्न समेत महानगरलाई आग्रह गरेका छन् ।

    खासगरी पहिलो प्याकेजमा चक्रपथको एक खण्डसँगै पाँच वटा लिंक रोड पनि निर्माण गरिनेछ । यसको लागत ७७ करोड ८३ लाख छ । यसमा ६.५८ किलोमिटर चक्रपथ बन्नेछ । भरतपुरको गोन्द्राङदेखि १३ किलोमिटर तलबाट बल्ल चक्रपथको काम हुनेछ ।

    बरण्डाभार क्षेत्रमा जंगलको किनारै किनार चक्रपथ बनाउने योजना महानगरको छ । जंगलको क्षेत्र भएकाले त्यहाँ त्यति बस्ती छैन । तर, बरण्डाभार क्षेत्र भएकाले निकुञ्जले पहिले पनि सडक कालोपत्रे गर्न दिएको थिएन । महानगरका एक इन्जिनियरका अनुसार निकुञ्जले ७ मिटरको पिच गर्न नदिएपछि तीन मिटरको पिच गरिएको हो । त्यसैले अहिले १३ किलोमिटर तल पुर्‍याएर चक्रपथ बनाइने भएको छ ।

    प्याकेज-२ मा ७ वटा सडक तयार गरिने छ । जसमा चक्रपथ जम्मा १.९१ किलोमिटरको हुनेछ । बाँकी सबै लिंक रोड हुनेछन् । यसको लागत ६८ करोड २३ लाख छ ।

    दुवै खण्ड गरी कुल ६० किलोमिटर सडक निर्माण हुनेछ । रिङ रोड र लिंक रोड दुवैमा ७ मिटर चौडा कालोपत्रे हुनेछ । त्यसभन्दा बाहिर सडकको दुवैतर्फ कालोपत्रे नगरेको डेढ-डेढ मिटर किनार हुनेछ । तत्कालका लागि १० मिटर फराकिलो हुनेछ ।

    अनलाइन खबरबाट

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ